५ बर्षपछि अर्धशतक बनाएका प्रदिप ऐरी ‘म्यान अफ द म्याच’

Pradeep Airee
  • विकेटनेपाल, २३ असोज 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले लगातार चौथो जित दर्ता गर्ने क्रममा भुटानलाई ११७ रनको बिशाल अन्तरले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपालको जितमा ब्याटिंगतर्फ प्रदिप ऐरिले सर्वाधिक ७५ रनको योगदान दिए। यस्तै बलिङ्गतर्फ ललित राजबंशी र सन्दिप लामिछानेले ३/३ विकेट तथा बसन्त रेग्मीले २ विकेट हात पारे।

प्रदिप ऐरि प्लेयर अफ द म्याच 

३ बर्ष पछि राष्ट्रिय टिममा पुनरागमन गरेका प्रदिप ऐरि प्रतियोगिताको पहिलो खेलमा म्यानमारसंग खाता नखोलि आउट हुँदा त्यसपछिको २ खेल थाईल्याण्ड र मलेसियासंग खेल्न पाएनन्।

चौथो खेलमा पुनः ओपनिङ्ग गर्ने मौका पाएका ऐरिलले धैर्यतापूर्ण ब्याटिंग गर्दै अन्तिमसम्म अविजित रहँदै ७५ रन बनाए। ६८ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे। यही इनिंगको लागि उनलाई खेलको प्लेयर अफ द म्याच समेत चुनियो।

५ बर्षपछि अर्धशतक 

राष्ट्रिय टिमको लागि प्रदिप ऐरिको यो सर्वाधिक स्कोर पनि हो। यस अघि ऐरिले सन् २०१२ को टि-२० बिश्वकप छनौटमा डेनमार्कसंग ६५ रन बनाएका थिए। ७५ रन बनाए पनि ऐरि टि-२० क्रिकेटमा एकै इनिंगमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान भने बन्न सकेनन्। टि-२० क्रिकेटमा मेहबुब आलमले सन् २०११ को एसीसी टि-२० मा साउदी अरबसंग बनाएको ८८ रननै अहिले सम्म नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर हो।

Pradeep Airee
Pradeep Airee

सन् २०१० को डिभिजन-४ मा सिनियर नेपाली टिम लागि डेब्यु गरेका ऐरिले हालसम्म टि-२० र ५० ओभर गरि ५ वटा अर्धशतक पुरा गरेका छन्।

अन्तिम पटक उनले सन् २०१३ को आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-३ को फाइनलमा युगान्डालाई पराजित गर्ने क्रममा अर्धशतक बनाएका थिए। त्यस खेलमा उनले ओपनिङ्ग गर्दै ९५ बलमा ४ छक्का र ५ चौका मदतले ६० रन बनाएका थिए। त्यस खेलमा पनि प्रदिप ऐरिनै प्लेयर अफ द म्याच चुनिएका थिए।

ऐरिले बनाएका अर्धशतकहरु – 

७५ रन –  बिरुद्ध भुटान ( सन् २०१८ टि-२० बिश्वकप एसिया पूर्वी छनौट )
६० रन – बिरुद्ध युगान्डा ( सन् २०१३ आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-३ फाइनल )
५८ रन – बिरुद्ध युएई ( सन् २०१३ एसीसी टि-२० सेमीफाइनल )
५९ रन – बिरुद्ध माल्दिभ्स ( सन् २०१३ एसीसी टी-२० )
६५ रन – बिरुद्धडेनमार्क ( सन् २०१२ आईसीसी टि-२० बिश्वकप छनौट )

प्रदिप ऐरिले प्रहार गरेको ५ अर्धशतक मध्ये डेनमार्कसंग बाहेक अन्य ४ वटा खेलमा एरि प्लेयर अफ द म्याच घोषित भएका थिए। डेनमार्कसंगको खेलमा प्रदिपको प्लेयर अफ द म्याच अवार्ड शक्ति गौचनले ह्याट्रिक लिंदै खोसेका थिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]