सुदूरपश्चिम रोयल्सको सिइओमा खड्का नियुक्त

नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सिइओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र खड्काबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहनु भएको छ । उहाँले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको नेतृत्व र अनुभवले सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाईमा पुर्याउने विश्वास लिएको रोयल्सले जनाएको छ । सुदूरपश्चिम रोयल्स मंसिरमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोली हो ।

सुदूरपश्चिमको पहिचान बोकेर एनपिएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको सिइओ खड्काले बताउनुभयो । ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ । अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ,’ उहाँले भन्नुभयो ।

मालिक शाहले सम्झौता पछि भन्नुभयो, ‘प्रकाश खड्का जीसँग धनगढी प्रिमियर लिग (डिपिएल) व्यवस्थापनको अनुभव छ । उहाँको आगमनले हाम्रो टोलीको व्यवस्थापन थप चुस्त हुने विश्वास छ।’ टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा हुनुहुन्छ ।





थप समाचार

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]