प्रेम तामांगको उत्कृस्ट अलराउण्ड प्रदर्शन

विकेटनेपाल –  ९ माघ

प्रेम तामांगले आक्रामक ब्याटिंग र बलिंग गरेपछि सुरक्षा क्रिकेट क्लबले जारि खुकिरी च्यालेन्जर्स टि-२० क्रिकेट अन्तर्गत दोश्रो जित हात पारेको छ l

भक्तपुर आर्मी मैदानमा एसएमसी बानेश्वरलाई १४१ रनले पराजित गर्ने क्रममा तामांगले ब्याटिंग तर्फ ८५ रन तथा बलिंग तर्फ ४ विकेट हात पारे l ५३ बलमा तामांगले १० चौका र २ छक्का प्रहार गरे भने बलिंग तर्फ ४ ओभरमा मात्र १४ रन खर्चिए l

टस जितेर ब्याटिंग गरेको सुरक्षा क्रिकेट क्लबको लागि योगेन्द्र कार्कीले २७ तथा अविनाश कर्णले २५ रन योगदान दिएपछि पहिलो इनिंगमा १२४/५ को बिशाल स्कोर तयार पारेको थियो l प्रतिउत्तरमा एसएमसी बानेश्वर १७.४ ओभरमा ७३ रनमै समेटियो l खेलको म्यान अफ द म्याच तामांगनै घोषित भए l

समुह ‘ए’ मा रहेको सुरक्षा क्रिकेट क्लबले २ खेलमा जित हात पार्दै शिर्ष स्थानमा रहेको छ र क्वार्टर-फाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ l

सोनु तामांगको विस्फोटक ब्याटिंग 

आर्मीा मैदानमा आजै सम्पन्न दोश्रो खेलमा टिप-टप ११ ले चन्द ब्रदर्सलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्यो l

टस जितेर ब्याटिंग गर्दै टिप-टपले निर्धारित २० ओभरमा १७२/८ को स्कोर खडा गर्यो l सोनु तामांगले सर्बाधिक ४६ रनको योगदान दिए जुन क्रममा उनले २१ बल सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गरे l आशु कन्डोईले २९ रन योगदान दिए l बलिंग तर्फ चन्द ब्रदर्सका अजय शाहनीले ३ विकेट हात पारे l

जवाफमा ब्याटिंग गरेको चन्द ब्रदर्सले २० ओभरमा १२२/८ मात्रै बनाउन सक्यो l इशान पाण्डेले कसिलो बलिंग गर्दै ३ विकेट ( ४-१-१४-३ ) लिएपछि ब्रदर्स निरिह बन्यो l चन्द ब्रदर्सको लागि आज शाहनीले सर्बाधिक ३७ रन योगदान दिए l

जित संगै समुह ‘डी’ को आफ्नो पहिलो खेलमा जित हात पार्दै २ अंकका साथ टिप टप समुहको दोश्रो स्थानमा छ l नेपाल क्रिकेट स्कुल २ जितको साथ शिर्ष स्थानमा छ l

अंकतालिका :-  

Group ‘A’

 

Team Match Won Loss Points
Surakxa Cricket Club (Biratnagar) 2 2 4
KCTC ‘A’ 2 1 1 2
SMC Baneshwor 2 2
Makwanpur Cricket Club

 

Group ‘B’

 

Team Match Won Loss Points Net RR
KCTC ‘B’ 3 2 1 4 +1.87
OASIS Cricket Academy 3 2 1 4 +1.655
G-Force Cricket Academy 3 2 1 4 -0.242
Pandas 3 3 0

 

Group ‘C’

 

Team Match Won Loss Points
Royal PC Fighter 3 3 6
Lions Cricket Club 2 1 1 2
Baluwatar Cricket Club 1 1 0
Kupandol Cricket Club 2 2 0
 

 

Group ‘D’

 

Team Match Won Loss Points
Nepal Cricket School 2 2 4
Tip Top 1 1 2
Chand Brother’s 3 1 2 2
IOE Pulchowk 2 2 0

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy