प्रेम तामांगको उत्कृस्ट अलराउण्ड प्रदर्शन

prem tamang

विकेटनेपाल –  ९ माघ

प्रेम तामांगले आक्रामक ब्याटिंग र बलिंग गरेपछि सुरक्षा क्रिकेट क्लबले जारि खुकिरी च्यालेन्जर्स टि-२० क्रिकेट अन्तर्गत दोश्रो जित हात पारेको छ l

भक्तपुर आर्मी मैदानमा एसएमसी बानेश्वरलाई १४१ रनले पराजित गर्ने क्रममा तामांगले ब्याटिंग तर्फ ८५ रन तथा बलिंग तर्फ ४ विकेट हात पारे l ५३ बलमा तामांगले १० चौका र २ छक्का प्रहार गरे भने बलिंग तर्फ ४ ओभरमा मात्र १४ रन खर्चिए l

टस जितेर ब्याटिंग गरेको सुरक्षा क्रिकेट क्लबको लागि योगेन्द्र कार्कीले २७ तथा अविनाश कर्णले २५ रन योगदान दिएपछि पहिलो इनिंगमा १२४/५ को बिशाल स्कोर तयार पारेको थियो l प्रतिउत्तरमा एसएमसी बानेश्वर १७.४ ओभरमा ७३ रनमै समेटियो l खेलको म्यान अफ द म्याच तामांगनै घोषित भए l

समुह ‘ए’ मा रहेको सुरक्षा क्रिकेट क्लबले २ खेलमा जित हात पार्दै शिर्ष स्थानमा रहेको छ र क्वार्टर-फाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ l

सोनु तामांगको विस्फोटक ब्याटिंग 

आर्मीा मैदानमा आजै सम्पन्न दोश्रो खेलमा टिप-टप ११ ले चन्द ब्रदर्सलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्यो l

टस जितेर ब्याटिंग गर्दै टिप-टपले निर्धारित २० ओभरमा १७२/८ को स्कोर खडा गर्यो l सोनु तामांगले सर्बाधिक ४६ रनको योगदान दिए जुन क्रममा उनले २१ बल सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गरे l आशु कन्डोईले २९ रन योगदान दिए l बलिंग तर्फ चन्द ब्रदर्सका अजय शाहनीले ३ विकेट हात पारे l

जवाफमा ब्याटिंग गरेको चन्द ब्रदर्सले २० ओभरमा १२२/८ मात्रै बनाउन सक्यो l इशान पाण्डेले कसिलो बलिंग गर्दै ३ विकेट ( ४-१-१४-३ ) लिएपछि ब्रदर्स निरिह बन्यो l चन्द ब्रदर्सको लागि आज शाहनीले सर्बाधिक ३७ रन योगदान दिए l

जित संगै समुह ‘डी’ को आफ्नो पहिलो खेलमा जित हात पार्दै २ अंकका साथ टिप टप समुहको दोश्रो स्थानमा छ l नेपाल क्रिकेट स्कुल २ जितको साथ शिर्ष स्थानमा छ l

अंकतालिका :-  

Group ‘A’

 

Team Match Won Loss Points
Surakxa Cricket Club (Biratnagar) 2 2 4
KCTC ‘A’ 2 1 1 2
SMC Baneshwor 2 2
Makwanpur Cricket Club

 

Group ‘B’

 

Team Match Won Loss Points Net RR
KCTC ‘B’ 3 2 1 4 +1.87
OASIS Cricket Academy 3 2 1 4 +1.655
G-Force Cricket Academy 3 2 1 4 -0.242
Pandas 3 3 0

 

Group ‘C’

 

Team Match Won Loss Points
Royal PC Fighter 3 3 6
Lions Cricket Club 2 1 1 2
Baluwatar Cricket Club 1 1 0
Kupandol Cricket Club 2 2 0
 

 

Group ‘D’

 

Team Match Won Loss Points
Nepal Cricket School 2 2 4
Tip Top 1 1 2
Chand Brother’s 3 1 2 2
IOE Pulchowk 2 2 0

 

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]