रोहितको आक्रामक अर्धशतक र शेर मल्लको ५ विकेटमा एपीएफ र प्रदेश ७ को विजयी सुरुवात

Rohit Paudel
  • विकेटनेपाल, जेठ १३ – आइतबार

काठमाण्डौमा आजदेखि सुरु भएको प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश नम्बर ७ ले बिजयी सुरुवात गरेका छन् ।

पहिलो खेल: रोहित पौडेलको आक्रामक अर्शशतकमा एपीएफ विजयी

किर्तिपुर मैदानमा आज भएको उद्घाटन खेलमा एपीएफ क्लबले प्रदेश नम्बर ४ लाई १३.३ ओभर अगावै लक्ष्य पुरा गर्दै ५ विकेटले पराजित गर्यो । (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ४ ले सुमा घिमिरेको ५७ रन तथा कप्तान बिधान श्रेष्ठको ४३ रनको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार पारेको थियो । ६४ बलको सामना गरेका घिमिरेले १ छक्का र ४ चौका प्रहार गर्दा कप्तान श्रेष्ठले ८२ बलमा ३ चौका प्रहार गरे । यस्तै अमित गुरुङले २७ रन प्रहार गर्न ११ बलमा ३ चौका र १ छक्का हानेका थिए ।

बलिंगतर्फ एपीएफले खराब प्रदर्शन गर्दै ३८ अतिरिक्त रन खर्चिंदा कमलसिंह ऐरीले ३ विकेट लिन ४२ रन तथा अमरसिंह रौटेलाले २ विकेट लिन २६ रन खर्चिए । पृथु बास्कोटा र करण केसीको नाममा १/१ विकेट रह्यो ।

Rohit Paudel
Rohit Paudel

जवाफमा २४० रनको लक्ष्य पछ्याएको एपीएफका ओपनर सुबास खकुरेलले ४८ रन (६१ बल, ६ चौका) प्रहार गरेपनि अर्कोतर्फबाट विकेट झर्दा मात्र १३ रनमा २ विकेट गुमेको थियो । त्यसपछि प्रदीप ऐरीले ३७ रन, पृथु बास्कोटाले ५३ रन बनाउँदा रोहितकुमार पौडेलले अविजित ७३ रनको आक्रामक पारी खेलेका थिए । ४१ बलको सामना गरेका पौडेलले ३ छक्का र १० चौका प्रहार गरेका गर्दै पृथु बास्कोटासँग  पाचौ विकेटको लागि ११० रनको साझेदारी गरेका थिए।

बलिंगतर्फ प्रदेश नम्बर ४ का बिपिन खत्री, मेख शेन, हरि चौवान, गोविन्द प्रधान र सुमा घिमिरेले १/१ विकेट लिएका थिए ।

दोश्रो खेल: शेर मल्लको ५ विकेट मद्दतमा प्रदेश ७ बिजयी

यस्तै मुलपानी मैदानमा आजै भएको अर्को खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ६ लाई ४८ रनले पराजित गर्यो । (स्कोरकार्ड)

टस हारेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर ७ ले संजु दमाईले ५४ रन तथा सुरेन्द्र चन्दले २५ रन बनाएपनि खराब ब्याटिंग गर्दै ३१.३ ओभरमा सबै विकेट गुमाएर १२५ रनमात्र बनाएको थियो । उसलाई सस्तैमा समेट्न प्रदेश ६ का टेक सलामीले ५ विकेट लिनेक्रममा ८.३ ओभरमा १२ रनमात्र खर्चेका थिए, तर ब्याटिंग नचल्दा जितका लागि पर्याप्त हुन सकेन ।

जवाफमा लक्ष्य १२६ रनको पछ्याउन उत्रेको प्रदेश ६ का लागि रबिन्द्र जंग शाहीले २९ रन बनाएपनि अन्य खेलाडीहरु प्रदेश ७ का शेर मल्लको बलिंग अगाडी टिक्न नसक्दा मात्र २२.२ ओभरमा सबै विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]