रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स माथी न्यू होराइजन हाबी

फोटो फिचर : गणेश गौडेल (न्यू होराइजन क्रिकेट क्लब)

  • विकेटनेपाल – १७ फाल्गुन, बिहिवार

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बिहिवार भएको डिभिजन ‘ए’ को समूह (सि) को खेलमा न्यू होराइजन क्रिकेट क्लब बुटवलले प्रोफेसनल मास्टर्स – ११ क्रिकेट क्लबलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जित्दै पहिले ब्याटिंग गरेको न्यू होराइजनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२४ रनको बिशाल योगफल तयार गरेको थियो । उसको इनिंगमा नुरध्वज सेनले ६६ रनको योगदान गरेका थिए । यस्तै म्यान अफ दि म्याच गणेश गौडेलले अविजित ६०, बिशाल भण्डारीले ४७ र सुशन भारीले २२ रनको व्यक्तिगत योगदान गरेका थिए । प्रोफेसनलको बलिंगमा दुर्गा सेन र किशोर महतोले समान २-२ विकेट चट्काएका थिए ।

Kishor Mahato
Kishor Mahato (File Photo)

जवाफमा ३२५ रनको बिशाल विजय लक्ष्य लिएर मैदान उत्रिएको प्रोफेसनल मास्टर्स – ११ ले २४.१ ओभरमा अल आउट हुँदै १३४ रन मात्र जोड्न सक्यो । उसको चेजमा किशोर महतोले सर्वाधिक ५१ र बादल छन्त्यालले १८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। प्रोफेसनल मास्टर्सलाई सस्तैमा समेट्न सुरज श्रेष्ठ र सुशान भारीले समान ४-४ विकेट हात पारे।

Sushan Bhari
Sushan Bhari (File Photo)

शनिबार समूह (डि) मा रहेका लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र बुम एमसिसी क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने खेल संयोजक विनय ज्ञवालीले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]