सुनिल धमला र पुष्प थापाको प्रदर्शनमा नेपाल पुलिस क्लब र प्रदेश १ विजयी

Sunil Dhamala

फोटो फिचर : सुनिल धमला (नेपाल पुलिस क्लब, फाईल फोटो)

  • विकेटनेपाल, जेठ १४ – सोमबार

काठमाण्डौमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनका खेलहरुमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ ले जित हासिल गरेका छन् ।

पहिलो खेल: सुनिल धमला र कमलसिंह ऐरीको प्रदर्शनमा पुलिस क्लबको विजयी सुरुवात

किर्तिपुर मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ७ लाई डकवर्थ लुईस नियमका आधारमा १७४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंगको निर्णय गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२४ रन बनाएको थियो । उसका लागि सुनिल धमलाले ८३ रन (११३ बल, ९ चौका) बनाउँदै पहिलो विकेटको लागि दिलिप नाथ (२७ रन) सँग मिलेर ९२ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले ५७ रन (३७ बल, २ चौका, ५ छक्का), सिद्धान्त लोहनीले २६ रन (१४ बल, ३ चौका, १ छक्का) बनाउँदा कप्तान मन्जीत श्रेष्ठले अविजित ४९ रन (३३ बल, ४ चौका, ३ छक्का) बनाए ।

बलिंगतर्फ हिजोको खेलमा ५ विकेट लिँदै प्रदेश नम्बर ६ बिरुद्द जित निकाल्न सहयोग गरेका शेर मल्लले २ विकेट, सागर भण्डारी, सुरेन्द्र चन्द र सन्तोष भट्टले १/१ विकेट लिए ।

जवाफमा लक्ष्य पछ्याउन उत्रेको प्रदेश नम्बर ७ ले अरुण ऐरीको अविजित ७० रन (८८ बल, ५ चौका, ३ छक्का) को मद्दतमा ३७ ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । तर त्यसपश्चात बर्षाले खेल अगाडी बढ्न नसक्दा पुलिस क्लबलाई विजेता घोषणा गरिएको थियो ।

बलिंगतर्फ पुलिसका दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिन ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेका थिए भने ललितसिंह भण्डारी र ललित राजबंशीको नाममा क्रमशः २ र १ विकेट रह्यो ।

दोश्रो खेल: पुष्प थापाको किफायती बलिंगमा प्रदेश नम्बर १ विजयी

Puspa Thapa
Puspa Thapa (File Photo)

आज नै मुलपानीमा भएको खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई ६८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर १ ले सन्दिप ढुंगानाको ५१ रन (६९ बल, ८ चौका) को मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो । यस्तै सबै खेलाडीले राम्रो सुरुवात पाएको खेलमा अतिरिक्त ३४ रन सहित आठौँ विकेटको लागि फिर्दोश अन्सारीले अविजित ३७ तथा सर्वन यादवले अविजित ३४ रन बनाउँदै ७४ रनको साझेदारी गरेका थिए ।

बलिंगतर्फ प्रदेश नम्बर २ का संसद शेखले ४ विकेट लिन १० ओभरमा ३२ रन खर्चिंदा जितका लागि पर्याप्त हुन सकेन । मेहबूब आलमले २ तथा हरिशंकर शाहले १ विकेट लिए ।

जवाफमा २२४ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ३० ओभरमा सबै विकेट गुमाउँदै मात्र १४५ रन बनाउन सक्यो । उसको इनिंगमा सर्बाधिक २८ अतिरिक्त रन बन्दा आरपी सिंहले २२ रन बनाए । उसलाई सस्तैमा रोक्न प्रदेश १ का कप्तान तथा म्यान अफ द म्याच घोषित पुष्प थापाले ३ विकेट लिन २३ रन खर्चिए भने मीनस थापाले २९ रनमा समान ३ विकेट हात पारे ।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]