पीएसएलमा सन्दिपको टिम लाहोरको सनसनीपूर्ण जित

David Wiese
  • विकेटनेपाल, फाल्गुन-१० , शुक्रबार 

पाकिस्तान सुपर लिग अन्तर्गत चौथो खेलमा सन्दिप लामिछानेको टिम लाहोर कलन्दर्सले सनसनीपूर्ण खेलमा मुल्तान सुल्तान्सलाई ६ विकेटले पराजित गरेको छ। यसअघि भएका ३ खेलमध्ये टिमले १ जित र २ हार व्यहोरेको थियो।

पहिले ब्याटिंग गर्दै मुल्तानले दिएको २०१ रनको लक्ष्य अन्तिम बलमा लाहोरले पुरा गरेको हो। यस क्रममा अन्तिम बलमा जितको लागि ३ रन आवस्यक रहंदा डेभिड विजाले छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका हुन्।

अन्तिम २ ओभरमा जितको लागि लाहोरलाई अन्तिम २ ओभरमा २५ रन आवस्यक थियो। १९ औं ओभरमा बलिंग गर्न आएका आन्द्रे रसेलको ओभरको पहिलो बलमा एबि डीभिल्लीयर्सले तथा तेश्रो बलमा डेभिड विजाले छक्का प्रहार गरेपछि अन्तिम ओभरमा जित्न ९ रन आवस्यक रहेको थियो।

अन्तिम ओभरमा खेलमा पहिलो ओभर बलिंग गर्न आएका ड्यानियल क्रिस्चियनले पहिलो ३ बलमा १/१ रन मात्रै दिएपछि ३ बलमा ६ रन आवस्यक रह्यो। चौथो बलमा डीभिल्लीयर्सले २ रन लिए भने पाँचौ बलमा १ रन लिए पछि अन्तिम बलमा स्ट्राइक पाएका विजाले ३ रन जितको लागि बनाउनु पर्ने थियो।

क्रिस्चियनले अन्तिम बलमा दिएको अफ-कटर बललाई विजाले लंगअफको माथिबाट छक्का प्रहार गरेपछि लाहोरले सनसनीपूर्ण जित दर्ता गरेको हो।

विजाले अविजित ४५ रन बनाउने क्रममा २० बलमा ५ छक्का प्रहार गरे भने डीभिल्लीयर्सले अविजित ५२ रन बनाउन २९ बलमा ३/३ छक्का/चौका प्रहार गरे।

१२.३ ओभरमा १०६/४ को अवस्थामा रहेको लाहोरको इनिंगलाई डीभिल्लीयर्स र विजाले ९८ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर्याएका थिए। यस क्रममा दुबैले १३.०६ को रन गतिमा रन बनाए।

खेलको प्लेयर अफ द म्याच डीभिल्लीयर्स घोषित भए।

लक्ष्य पछ्याउने क्रममा लाहोर ओपनर फखार जमानले ६३ रन बनाएका थिए जुन क्रममा ३५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।

मुल्तान बलर जुनैद खानले ३ विकेट लिन ४ ओभरमा ३९ रन खर्चिन पुगे।

सन्दिपले लिए ३ विकेट 

यस अघि टस जितेर सन्दिपको टिम लाहोरले पहिले बलिंग गर्ने निर्णय लिएको थियो। पहिले ब्याटिंग गर्ने क्रममा मुल्तानले २० ओभरमा २०० रनको विशाल योगफल तयार गरेको थियो।

Sandeep Lamichhane
Sandeep Lamichhane

मुल्तानको लागि जेम्स भिन्सले ८४ रन बनाउन ४१ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। यस्तै उमर सिद्दिकले ५३ रन ( ३८ बलमा , ४ चौका र २ छक्का ) बनाए। लाहोरको बलिंगमा सन्दिपले सर्वाधिक ३ विकेट लिए भने शाहिन अफ्रिदी र हरिश रौफले १/१ विकेट लिए। राहत अलि र डेभिड वेस विकेट विहिन रहे।

सन्दिपले ३ विकेट लिने क्रममा आन्द्रे रसेल , शोएब मालिक र जेम्स भिन्सको विकेट लिए। यस क्रममा सन्दिपले ४ ओभरमा ४६ रन खर्चिन पुगे।

सन्दीपको स्पेल करियरकै दोश्रो सर्वाधिक महँगो

सन्दिपले बिदेशी लिगमा बलिंग गर्दा दिएको यो दोश्रो सबैभन्दा धेरै रन हो। यस अघि उनले २०१८ जुलाईमा ग्लोबल टि-२० क्यानडामा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा वेस्ट इन्डिज ‘बि’ टिम संग ४ ओभरमा ५७ रन दिएर १ विकेट लिएका थिए। यस्तै सन्दिपले क्यारेबियन प्रिमियर लिगमा गत वर्ष अगस्टमा सेन्ट किट्सको लागि खेल्ने क्रममा बार्बाडोस बिरुद्ध ४ ओभरमा ४३ रन खर्चेर विकेट विहिन रहेका थिए।

सन्दिपले हालसम्म बिदेशी लिग खेल्ने क्रममा एकै खेलमा ३ विकेट भन्दा बढी लिन सकेका छैनन्।

पाकिस्तान सुपर लिग अन्तर्गत सन्दिपको टिम लाहोरको दोश्रो खेल शनिबार क्वेटा ग्ल्याडीएटर्स बिरुद्ध रहेको छ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]