आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

२०८१ कार्तिक १, बिहीबार १९:३४

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको लागि नेपाली टिमको सल्लाहकारको ( Mentor ) भूमिकामा नियुक्त गरेको छ।

अमेरिका भ्रमणमा रहेको नेपालले अक्टोबर २५ देखि नोभेम्बर ४ तारिखसम्म घरेलु टोलि अमेरिका र स्कटल्याण्डसंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

अमेरिकामा नेपाली टिमले घरेलु टोलिसंग शुक्रबार देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्दैछ। अक्टोबर १८, २० र २१ तारिखमा उक्त खेलहरु हुनेछन्। ग्राण्ड प्रेरि स्टेडियम, डलासमा खेलिने सबै खेल नेपाली समय विहान ५:४५ बजे सुरु हुनेछ।

क्यानको बिज्ञप्ति

पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा बाङ्लादेशमा आयोजित टी-२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो। सन् २०२१ डिसेम्बरमा तत्कालिन मुख्य प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिएपछि पुबुदु पुनः नेपाली टिमको मूख्य प्रशिक्षक बनेर नेपाल आएका थिए। २०२२ जुलाईमा उनले पारिवारिक कारण देखाउदै राजिनामा दिएका थिए। त्यसपछि उनले क्यानडाको राष्ट्रिय टिम सम्हालेका थिए भने हाल उनि उक्त जिम्मेवारीमा छैनन्। नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले उनलाई आफ्नो टिमको प्रशिक्षकको रुपमा नियुक्त गरको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy