ENGvWI : वर्षाले चौथो दिनको पुरै खेल रद्द

म्यानचेस्टरको ओल्ड ट्राफर्डमा जारि वेस्ट इन्डिज र इंग्ल्याण्ड बीचको तेश्रो टेस्टको चौथो दिनको खेल वर्षाका कारण १ बल पनि नखेली रद्द भएको छ। चिया सत्रसम्म खेल सम्भव नभए पछि अम्पायरले पानिले भरिएको खराब आउटफिल्ड र खराब प्रकाशका कारण दिनको खेल समाप्तिको घोषणा गरेका हुन्।

हारतर्फ अघि बढेको वेस्टइन्डिजको लागि दिनको खेल नहुनु राहतको विषय बन्यो। इंग्ल्यान्ड खेल र सिरिज जितबाट मात्र ८ विकेट टाढा रहेको छ। अब वेस्टइन्डिजले सिरिज र खेल हार बाट जोगिन पाँचौ दिन अन्तिमसम्म ब्याटिंग गर्नु पर्नेछ। पाँचौ दिन आज भन्दा राम्रो मौसमको अनुमान गरिएपनि केहि वर्षा पनि हुने अनुमान रहेको छ।

खेलमा इंग्ल्यान्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले २ विकेट गुमाएर १० रन बनाएको छ। वेस्टइन्डिजलाई जितको लागि अझै ३८९ रन बनाउनु आवस्यक रहेको छ।

यो पनि पढ्नुस – आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि विश्वकप सुपर लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो

सिरिज १-१ को बराबरीमा रहेको हुँदा इंग्ल्यान्ड निर्णायक टेस्ट जित्दै सिरिज जित्ने बाटोमा रहेको छ। वेस्टइन्डिजले पहिलो टेस्ट ४ विकेटले जितेपछि दोश्रो टेस्ट ११३ रनले जितेको इंग्ल्यान्ड सिरिज जित नजिक पुगेको हो।

ब्रडको पर्खाइ लम्बियो 

५ सयौं विकेट पुरा गर्ने ऐतिहासिक किर्तिमान नजिक रहेका इंग्ल्यान्ड फास्ट बलर स्टुवार्ट ब्रडले बाँकी १ विकेट लिंदै इतिहास रच्नको लागि अर्को १ दिन कुर्नु पर्ने भएको छ। ब्रडको टेस्ट विकेट संख्या ४९९ विकेट रहेको छ र ५ सय विकेट लिने जेम्स एण्डरसन पछि दोश्रो बलर बन्ने किर्तिमानबाट १ विकेट टाढा रहेका छन्। यो पनि पढ्नुस – ऐतिहासिक किर्तिमानबाट ब्रड मात्र १ विकेट टाढा

ब्रड ५ सयौं विकेट पुरा गर्न मात्र १ विकेट टाढा रहेका छन्

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो। वेस्टइन्डिजले पहिलो इनिंगमा १९७ रन मात्रै बनाएको थियो। दोश्रो इनिंगमा इंग्ल्यान्डले २२६/२ को अवस्थामा इनिंग समाप्तिको घोषणा गर्दै ३९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

ताजा अन्य समाचार :- 

– राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

– १९ सेप्टेम्बर देखि युएईमा आयोजना हुनेछ आईपीएल





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]