वर्षा बन्यो बाधा, मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले अंक बाँडे

  • विकेटनेपाल, १६ जेठ

देशकै सर्बाधिक धनराशीको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितालाई लगातार रुपमा वर्षाले प्रभावित बनाउन थालेको छ l पानि पर्ने मौसममा आयोजना गरिएको प्रतियोगिताको कारण खेलको नतिजा प्रभावित हुँदा टिमहरु र दर्शकहरुले खल्लो महसुस गर्नुपरेको छ l  ( स्कोरकार्ड )

मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल बीच आज भएको खेलमा टस हारेर ब्याटिंग गरेको मध्यपस्चिमाञ्चलले पहिले इनिंगमा १२३ रनमै सबै विकेट गुमाउन पुग्यो l १२४ रन लक्ष पछ्याएको मध्यमाञ्चल ४.२ ओभरमा २३/१ स्थितिमा रहंदा पानि परेपछि फेरी खेल सुरु हुन नसक्दा दुवै टिमले अंक बाँड्न बाध्य हुनुपर्यो l

यस अघि हिजो भएको एपीएफ र पश्चिमाञ्चल बीचको खेल पनि वर्षाको कारण लामो समय अवरुद्ध भएपछि दोश्रो इनिंग २० ओभरमा झार्नु परेको थियो l समुह ‘बि’ अन्तर्गत भएको पूर्वान्चल र सुदुरपश्चिमाञ्चल बीचको खेल पनि वर्षाले पुरा हुन नपाएपछि अंक बाँड्नु परेको थियो l

पहिले ब्याटिंग गर्ने टिमलाई मुस्किल पिचमा पहिलो ४ विकेट २३ रनमै गुमाएको मध्यपश्चिमाञ्चलको इनिंग पाचौं नम्बरमा ब्याटिंग गर्न आएका राजबिर सिंहले उकासेका थिए l ओपनर सुशान्त थापा ( ० ) , शुबेन्दु पाण्डे ( ८ ) प्रज्ज्वल शाही ( १ ) , अनुपम सिंह ( ४ ) रनमै आउट भएपछि राजबिरले प्रनित थापा संग पाँचौ विकेटको लागि ४१ रनको साझेदारी गरे भने छैठौ विकेटको लागि अमर सिंग रौटेलासंग २८ रनको साझेदारी गरे l प्रनित २० रन तथा अमर १० रन बनाएर आउट भए l


किशोर महतोको बलमा ४२ औ ओभर मा बोल्ड राजबिरले ६३ रनको इनिंगमा ९५ बल सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे l

मध्यमाञ्चल तिब्र गति बलर किशोर महतोले सर्बाधिक ४ विकेट लिंदा १० ओभरमा ३ मेडन ओभर सहित २९ रन मात्र खर्चिए l हरिशंकर शाहले २ तथा रशिद खान र रामसाद आलमले १/१ विकेट हात पारे l

१२४ रन लक्ष पछ्याउन जवाफमा ब्याटिंग गरेको मध्यमाञ्चलका ओपनर हरिशंकर शाह ( ० ) पहिलो ओभरमा सिद्धान्त राज शाहीको बलमा स्टमपिंग आउट भए l त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका सोनु तामांगले १ छक्का र १ चौका मदतले ११ रन तथा भुपेन्द्र थापाले १ छक्का मदतले १० रन बनाएर ब्याटिंग गर्दै गर्दा पानि परेपछि खेल पुनः सुरु हुन पाएन l ४.२ ओभरमा २३/१  रन बनाएको मध्यमाञ्चलको वर्षा अघि छिटो खेल सकाउने चाहना पुरा हुन सकेन l

दुवै टिमले १-१ अंक बाँडे l पहिलो खेलमा जितका साथ समुह ‘ए’ को अंक तालिकामा एपीएफ शिर्ष स्थानमा छ l प्रतियोगिता अन्तर्गत भोलि हुने समुहको तेश्रो खेलमा मध्यमाञ्चल र पश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन् l  प्रतियोगिताको खेल तालिका , अंकतालिका 

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]