राजविराज र जनकपुर फाइनलमा

विराटनगर / राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि नजिक पुगेका छन् ।

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र दोस्रो सेमिफाइनलमा जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो । पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो । राजविराजकालागि अमित यादवले २७ रन बनाउँदा विकाश दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरि २४ रनमा अविजित रहे । त्यस्तै रोहन विकले २० रन बनाए । विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द यादव र सिद्धान्त लोहनीले १–१ विकेट लिए ।

१ सय ३८ रनको विशाल रनको लक्ष पाएको विराटनगरले १६ दशमलव ३ बलमा सवै विकेट गुमाई ९१ रनमा सिमित भयो । विराटनगरकालागि मिनस थापाले २८ रन जोड्दा मुकुन्द यादवले १४ रन तथा रेवती यादव र सिद्धान्त लोहनीले १२–१२ रनको योगदान दिए । राजविराजका म्यान अफ द म्याच रोहित सिंहले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादव, विश्वकिर्तीमानधारी बलर महबुव आलम र राहुल मण्डलले २–२ विकेट विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले विरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियोे । जनकपुरकालागि हरिशंकर साहले १९ रन बनाउँदा रोनक रत्नम, विशाल सुस्लीङ र रुपेश यादवले १०–१० रन बनाए । विरगञ्जकाका लागि सम्शाद मन्सुरीले ३ ओभरमा १४ रन दिए ५ विकेट लिँदा अरनिको यादवले ३ विकेट लिए ।

७७ रनको झिनो लक्ष पछ्याएको विरगञ्जले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सिमित भयो । विरगञ्जकालागि अरनिको यादवले २४ रन बनाउँदा साहिल पटेलले १३ रन र इमरान शेखले १२ रन जोडे । जनकपुरका म्यान अफ द म्याच विशाल सुस्लीङले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ४ विकेट लिँदा हरिशंकर साहले १ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]