प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकरलें राजीनामा दिएका छन् । तीन दिन अघि सोमबार उनी भारत फर्किएका थिए ।

उनलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले नै जिम्मेवारीबाट मुक्त गरेको बताइएको छ। क्यानले उनको राजीनामा स्वीकृत गरिसकेको छ।

उनले आइतबार नेपाल क्रिकेट सङ्घ-क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, क्रिकेट म्यानेजर विनोद दासलगायतसँग छलफल गरेका थिए । क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रभाकरले आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेको र मनलाग्दी निर्णय गर्ने गरेकाले उनको प्रदर्सन सन्तोषजनक नरहेको बताए । त्यस बाहेक टिमका खेलाडीहरुसंग खराब सम्बन्धका कारण प्रभाकर पछिल्लो समय विवादित थिए।

अगस्टमा नेपाली टिमको केन्या भ्रमणमा  आसिफ र आरिफ शेख दाजुभाइसंग झगडा भएपछि खेलाडी-प्रभाकर सम्बन्ध छताछुल्ल बनेको थियो। उक्त टुरमा आरिफलाई तिन वटा एकदिवसीयमा बाहिर राखिएको थियो। नोभेम्बरमा युएईले नेपाल भ्रमण गर्दा आरिफले तेश्रो एकदिवसीयमा ८८ रन बनाएपछि ब्याट बोल्ने संकेत गर्दै विवादको हल्लालाई बल प्रदान गरेका थिए। विविध कारणले क्यानसंग प्रभाकरको सम्बन्ध समेत पछिल्लो समय खराब रहेकाले क्यान नामिबीय भ्रमण अघि देखिनै प्रभाकरलाई हटाउने बारे सोचीरहेको थियो।

त्यस बाहेक टिमको ब्याटिंग लाइन अपमा अनपेक्षित परिवर्तन, नयाँ खेलाडीहरुको डेब्यु, सिनियर खेलाडीलाई बेन्चमा राख्ने निर्णय प्रति क्यान असन्तुष्टि व्यक्त गरेको थियो। नामिबिया भ्रमणको ४ खेलमा करनलाई तिन खेलमा बेन्चमा राखिएको थियो।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत अगस्टमा विवादास्पद छविका प्रभाकरलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको थियो । तर टोलीले कमजोर प्रदर्शन गरेपछि उनले लिएको निर्णयको विरोध भएको थियो।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]