युएई सिरिजको लागि नेपाली टिमको घोषणा, देव खनाल बाहिर

युएई बिरुद्ध नोभेम्बर १४ तारिख देखि सुरु हुने तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १६ सदस्यीय टिमको घोषणा गरेको छ। पहिलो पटक युएई राष्ट्रिय टिमले सिरिज खेल्न नेपाल भ्रमण गर्न लागेको हो।

क्यानले रोहित पौडेल नेतृत्वमा टिमको घोषणा गरेको हो। टिमको उपकप्तान भने घोषणा गरीएको छैन।

घोषित टिममा प्रधानमन्त्री कपमा उत्कृस्ट लयमा रहेका ब्याट्सम्यान देव खनाललाई समावेश गरिएको छैन। त्यस पछाडीको कारण भने खुलाइएको छैन। केन्या भ्रमणमा टिममा नरहेका कुशल भुर्तेलले पुनरागमन गरेका छन्।

टिममा प्रधानमन्त्री कपमा मधेश प्रदेशको कप्तानी गरेका बायाँ हाते ब्याटिंग अलराउण्डर हरिशंकर शाहलाई मौका दिईएको छ। प्रधानमन्त्री कपमा लयमा नरहेता पनि अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई टिममा निरन्तरता दिईएको छ।

अस्वस्थताका कारण प्रधानमन्त्री कपमा सहभागी नभएका पेसर सोमपाल कामि टिममा छन्। पेसर कमल सिंह ऐरी र गुल्सन झालाई पनि पुनः टिममा बोलाइएको छ। देब्रे हाते स्पिनर ललित राजबंशी र सागर ढकाल टिममा छन्। देब्रे हाते बलर बसिर एहमदले पनि टिममा मौका पाएका छैनन्। युवा ब्याट्सम्यान भिम शार्की पनि टिममा छन्।

घोषित टिम : रोहित पौडेल ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, आरिफ शेख, ललित राजबंशी, दिपेन्द्र ऐरी, आसिफ शेख, भिम शार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदील आलम, अर्जुन साउद, गुल्सन झा

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]