“हामी शतप्रतिशत दिएर खेल्नेछौँ” रोहित

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गरेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा कप्तान र प्रशिक्षकले यस्तो दाबी गरेका छन् ।

कप्तान पौडेलले भारत र पाकिस्तानसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘‘हामी शतप्रतिशत दिएर खेल्नेछौँ । क्रिकेटमा जुनसुकै टिमले जित्न सक्छ । त्यो दिन जसले राम्रो खेल्छ, उसैले जित्ने हो । हामीले राम्रो खेल्यौँ भने जित्नेछौँ,’’ पौडेलले भने । नेपाली टोलीको तयारी राम्रो भएकोले सबै खेलाडीमा उच्चमनोबल रहेको पनि पौडेलले बताए ।

यस्तै टोलीका प्रशिक्षक देसाईले एसिया कपमा लागि आफू सकारात्मक रहेको बताए। ‘‘पछिल्लो ५/६ महिना हामीले जित्ने मानसिकताका साथ क्रिकेट खेलिरहेका छौँ । आशा छ, हाम्रो जितको मानसिकतामा परिवर्तन आउने छैन,’’ उनले भने ।

देसाईले स्पिनर सन्दीप लामिछानेले एसिया कप खेल्ने विश्वास पनि व्यक्त गरे । ‘‘सन्दीप च्याम्पियन क्रिकेटर हो । परिस्थितिजन्य कारणले उनी केही ढिला पाकिस्तान जानेछन् । हामी यसअघि दक्षिण अफ्रिका जाँदा पनि सन्दीप केही ढिला आएका थिए । उनी विश्वकप क्वालिफायरमा पनि गएका थिए । अहिले फरक परिस्थिति हो । यसलाई सबैले बुझ्नुपर्छ । हामी सन्दीपलाई ड्रेसिङ रुममा प्रार्थना गरिरहेका छौँ, कि जित सत्यको होस् । अदालतको फैसला आएपछि एउटा रिलिफ हुनेछ ।’’

देसाईले यस बीचमा सन्दीपको तारिख छ भन्ने सुनेको पनि बताए । कप्तान पौडेलले यदि एसिया कपमा सन्दीप अनुपस्थित भए टोलीको प्रदर्शनमा ठुलो असर पर्ने बताए। सन्दीप अहिले किशोरी बलात्कार अभियोगको मुद्दा खेपीरहेका छन् ।

काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । गत बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडित किशोरीको आमाको जन्ममिति प्रमाणित गर्न आदेश दिँदै सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ स्थगित गरेको थियो ।

एसिया कपका लागि नेपाली टोली मंगलबार नै पाकिस्तान प्रस्थान गर्दैछ । पाकिस्तानमै अभ्यास सकेर नेपाल घरेलु टोली पाकिस्तानसँग एसिया कपमा अगस्ट ३० मा आफ्नो पहिलो खेल खेलेर सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल खेल्न श्रीलङ्का जानेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]