रोहितको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक यू-१९ टोलीको घोषणा : यू-१९ विश्वकप – एसियन छनोट

Nepal U19 Cricket Team
  • विकेटनेपाल – १ चैत्र, शुक्रवार 

रोहित पौडेलले पहिलो पटक उन्नाईस बर्ष मुनिको राष्ट्रिय टोलीको कप्तानी गर्ने भएका छन्। यहि अप्रिल १० तारिकबाट मलेसियामा आयोजना हुने यु-१९ विश्वकपको एसियन छनोटका लागि शुक्रवार घोषित १८ सदस्यीय प्रारम्भिक टोलीको रोहित कप्तान बनेका हुन्।

यसअघि नै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका रोहितले कुनैपनि टोलीको कप्तानी गर्न लागेको यो पहिलो पटक हो। यसअघि टोलीको कप्तान रहेका आसिफ शेख अन्तिम १८ मा रहेपनि उनलाई कप्तानीको जिम्मेवारी भने दिइएको छैन।

Rohit Paudel
Rohit Paudel

शुक्रवार घोषित १८ सदस्यीय प्रारम्भिक टोलीमा कप्तान रोहित पौडेलसंगै, आसिफ शेख, पवन सर्राफ, सुन्दिप जोरा, भिम शार्की, रबि कुमार साह, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अविशेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी, आकाश चन्द, सुर्य तामांग, लोकेश बम र शेर मल्ल रहेका छन्।

घोषति १८ सदस्यीय टोलि शनिवार दिउँसो २:४० बजे भारतको आन्द्र अभ्यास भ्रमणमा जाने तालिका रहेको राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। भारतको अभ्यास भ्रमणपछि प्रतियोगितामा सहभागी हुने अन्तिम १४ खेलाडीको टुंगो लाग्नेछ।

Apurva Desai
Apurva Desai

अपूर्व देशाई ब्याटिंग कन्सल्टेन्ट : 

यसअघि राष्ट्रिय टोलीको ब्याटिंग प्रशिक्षकका रुपमा नेपाल आइसकेका अपुर्व देशाईले मलेसियामा हुने प्रतियोगितामा यु-१९ टोलीको ब्याटिंग कन्सल्टेन्टको रुपमा काम गर्ने भएका छन्। देशाईले नेपाली टोलीलाई भारतमा नै भेट्ने छन्।

मुख्य प्रशिक्षक बिनोद दाससंगै नेपाली टोलीको अफिसियलमा फिजियो बिक्रम न्यौपाने, एनालिस्ट सुरज शाक्य र ट्रेनर सुबाश पात्रो रहेका छन्। पात्रो र देशाई दुवै हाल भारतमा रहेकाले, दुबैले भारतमा नै टोलीसंग भेट्ने तालिका रहेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]