रोयल स्पोर्ट्स क्लब फाइनलमा

krishna karki
  • विकेटनेपाल, फाल्गुन-२५ , नेपालगंज 

स्वः रणेन्द्र बहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिता आज भएको खेलमा रोयल स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ l

आज भएको पहिलोे सेमि फाइनल खेलमा रोयल स्र्पाेटस क्लबले टस जितेर ब्याटिङ रोजेको थियो । रोयलका लागि राष्ट्रिय खेलाडी समेत रहेका अमित श्रेष्ठले ६६ रन,कृष्ण कार्कीले २२ रन तथा सद्याम खानले १५ र शाहिल रानाले अविजित १२ रन बनाए । १९.५ ओभरमा आफनो सम्पुर्ण विकेट गुमाउदा ज्याक्वारका लागि रोशन शाहले ३ तथा मुजिब अन्सारीले २ विकेट लिन सफल रहे ।

१६२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको ज्याक्वार क्रिकेट क्लब १६.३ ओभरमा सम्पुर्ण विकेट गुमाउदै १२० रनमै समेटियो । ज्याक्वरका लागि नविन ओली्ले ३६ तथा मनोज यादवले २२ रन बनाए । ज्याक्वरका अन्य ब्याट्सम्यानले प्रवाभशाली ब्याटिङ गर्न नसक्दा खेल गुमाएको हो ।

राष्ट्रिय खेलाडीहरुले भरिएको रोयल स्र्पाेट्स क्लबका लागि राष्ट्रिय खेलाडी कृष्ण कार्की तथा सुनिल सुनारले आर्कषक बलिङ गर्दै ३/३ विकेट लिन सफल रहे । त्यसै गरि अर्का राष्ट्रिय खेलाडी सोनु तामाङको नाममा २ विकेट रहयो । यो खेल संगै रोयल स्र्पाेट्स क्लब ४१ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ द म्याच अमित श्रेष्ठ घोषित भए l

सांसद मैकुलाल बाल्मिकीको संसदिय विकास कोषबाट संचालित भाइराजा क्रिकेट प्रतियोगिता २०७३ मा ८ वटा क्लबको सहभागीता रहेको छ । नकआउट प्रणालीमा संचालन भई रहेको प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

भोलि हुने दोस्रो सेमिफाइनल खेल टाइगर स्र्पाेट्स क्लब र युनाईटेड भिजन बीच हुनेछ l





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]