Nepal T20 : विलियम्स चम्किंदा, जनकपुरको विजयी सुरुवात

जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको दोस्रो खेलमा जनकपुरले पोखरा रेन्जर्सलाई पाँच विकेटले हरायो ।

पोखराको यो लगातार दोस्रो हार हो । पोखराले दिएको एक सय ३९ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

जनकपुरको जितमा सन्दीप जोराले अविजित ४० रन बनाए । सागर पुनले ३८ र चाडविक वाल्टनले १९ रन बनाए । बलिङमा पोखराका जाहिर खानले तीन तथा मौसम ढकाल र शरद भेषावाकरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो ।

पोखराका लागि आसिफ शेखले ५० रन बनाए । सिद्धान्त लोहनीले २९, प्रतिशत जिसीले २८ र अमिर हम्जाले १८ रन बनाए ।

बलिङमा जनकपुरका केसरिक विलियम्सले तीन तथा शरफुदिन असरफ, पवन सराफ र ललित राजवंशीले दुई /दुई विकेट लिए ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]