Nepal T20 : विलियम्स चम्किंदा, जनकपुरको विजयी सुरुवात

२०७९ पुष ९, शनिबार १७:५०

जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको दोस्रो खेलमा जनकपुरले पोखरा रेन्जर्सलाई पाँच विकेटले हरायो ।

पोखराको यो लगातार दोस्रो हार हो । पोखराले दिएको एक सय ३९ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

जनकपुरको जितमा सन्दीप जोराले अविजित ४० रन बनाए । सागर पुनले ३८ र चाडविक वाल्टनले १९ रन बनाए । बलिङमा पोखराका जाहिर खानले तीन तथा मौसम ढकाल र शरद भेषावाकरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो ।

पोखराका लागि आसिफ शेखले ५० रन बनाए । सिद्धान्त लोहनीले २९, प्रतिशत जिसीले २८ र अमिर हम्जाले १८ रन बनाए ।

बलिङमा जनकपुरका केसरिक विलियम्सले तीन तथा शरफुदिन असरफ, पवन सराफ र ललित राजवंशीले दुई /दुई विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy