बेंगलुरुलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको इलिमिनेटर खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४ विकेटले पराजित गर्यो ।

बेंगलुरुले दिएको १ सय ७३ रनको लक्ष्य राजस्थानले १९ औं ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका लागि ओपनर यसश्वी जैसवालले ३० बलमा ८ चौकाको सहयोगमा ४५ रन बनाए । रियान परागले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । अर्का ओपनर टोम कोहलर क्याडमोरले १५ बलमा २० रन बनाए । सिमरन हिटमायरले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन बनाए ।

बेंगलुरुका लागि मोहम्मद सिराजले २ तथा लकि फर्गुसन, कर्ण शर्मा र क्यामरुन ग्रिनले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

बेंगलुरुका लागि रजत पाटीदारले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । ओपनर विराट कोहलीले २४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाए । क्यामरुन ग्रिनले २१ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । महिपाल लुमरोरले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले समान १/१ विकेट लिए ।

यस खेलको विजेता राजस्थानले शुक्रबार हुने दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादको सामना गर्नेछ । हैदराबाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइटर्ससँग पराजित भएको थियो ।

पराजित बेंगलुरु भने प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाताले भने आइतबार हुने फाइनल खेलका लागि स्थान पक्का गरिसकेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]