रुबिनालाई ठुलो अवसर

rubina chhetry

महिला रास्ट्रिय क्रिकेट टिम कप्तान रुबिना क्षेत्रीले आईसीसी र क्रिकेट अस्ट्रेलियाको पहलमा महिला बिग ब्यास लिगको टोलि मेलबर्न रेनेगेड्स टिममा प्रशिक्षण गर्ने मौका पाएकी छिन् l

६ एसोसियट रास्ट्रका ८ खेलाडीहरुलाई बिग ब्यासका आठ टिममा  स्थान दिईएको छ l छानिएका खेलाडीहरुले महिला बिग ब्यास लिगमा खेलाडी घाइते भएमा टोलिमा समेत स्थान बनाउने आईसीसीले आफ्नो प्रेस बिज्ञप्तिमा बताएको छ l बिग ब्यास लिगको दोश्रो सिजन १० जनवरी देखि सुरु हुँदैछ जसमा एसोसियट रास्ट्रहरुको खेलाडीहरुलाई पनि एक्सपोजरको मौका दिन गत वर्ष देखि यो कार्यक्रम थालिएको थियो l

नेपाल बाट रुबिना संगै हंगकंग बाट एम्मा लाई, आयरल्याण्ड बाट गाबी लुइस र किम गार्थ, स्कटल्याण्ड बाट क्याथरिन ब्राइस, पपुवा न्यु गिनी बाट कोनियो ओला र रभिनी ओएले मौका पाएका छन् l रुबिना मर्लबर्न रेनेगेड्स टिमको हिस्सा हुनेछिन् l

खेलाडीहरुले २ हफ्ता खेल्ने क्रममा कोहि बिग ब्यास क्लबमा अनुबन्धित खेलाडी घाइते भएको खण्डमा स्थानीय खेलाडी सरह टिममा प्रतिस्थापन गर्न पाउने बताईएको छ l

गत बर्ष पहिलो महिला बिग ब्यास लिगले सफलता पाएपछि यो सुरुवात बाट क्रिकेटका उदयमान रास्ट्रलाई समेत सामेल गराउन क्रिकेट अस्ट्रेलिया संग सहकार्यमा यो प्रयासको थालनी गरिएको आईसीसीले बताएको छ l

रुबिना यस भन्दा अघि पनि एसीसीको कार्यक्रममा श्रीलंकामा २०१३ मा श्रीलंकन ए डिभिजन महिला क्रिकेट लिगमा पालिंक स्पोर्ट्स क्लब बाट खेल्ने अवसर पाएकी थिईन् l २०१२ देखि नेपाली महिला क्रिकेट टिमको कप्तानी सम्हालिरहेकी रुबिनाले २००९ को एसीसी वोमेन्स टि-२० देखि नेपाली टिमको प्रतिनिधित्व गरिरहेकी छिन् l





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]