“बिश्वकप खेल्न पाएको जस्तो महसुस भएको छ” कप्तान रुबिना क्षेत्री

एसिया कप खेल्न छनौट भएको नेपाली महिला क्रिकेट टिम कप्तान रुबिना क्षेत्रीले प्रतियोगिता खेल्न पाउदा बिश्वकप खेल्न पाएको जस्तो महसुस भएको बताएकि छिन् l

महिला बिश्वकप छनौट – एसिया छनौट प्रतियोगिता बाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै क्षेत्रीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता ठुला रास्ट्रहरुले सहभागिता जनाउने हुनाले महिला क्रिकेट टिमकै लागि ठुलो फड्को भएको बताईन् –

“एसिया कपमा बिश्वकपमा हुने टोलिहरु भारत , पाकिस्तान, श्रीलंका, बंगलादेश हुन्छन् त्यो हुँदा बिश्वकपनै छनौट भएको जस्तो महसुस भएको छ l यो एउटा ठुलो फड्को हो l

जुन प्रकारको अभ्यास देखि लिएर सुबिधाहरु हामीले प्रतियोगिता अघि पायौ यही लय समातेर अभ्यास सुरु गर्नुपर्छ” क्षेत्रीले एसिया कपमा राम्रो नतिजा ल्याउन चाडै अभ्यास सुरु गर्नुपर्ने कुरामा जोड दिएकि थिईन् l

नोभेम्बर २६ देखि थाईल्याण्डमा संचालन हुने प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित नेपाल,भारत,पाकिस्तान र बंगलादेशले सहभागिता जनाउने छन् l

नेपाली टिम मंगलबार दिउसो १:४० बजे विमानस्थल आगमन गरेको थियो l टिमलाई स्वागत गर्न नेपाल क्रिकेट संगकि पुर्ब सीईओ भावना घिमिरे, सीओओ छुम्बी लामा एअरपोर्ट पुगेका थिए l

बिमानस्थलमा कुरा गर्दै नेपाली टिमका प्रशिक्षक राजु बस्नेतले नेपाली टिम छनौट प्रतियोगिताकै उत्कृस्ट टिम भएको बताए l प्रतियोगिताको सुरुवातमा आत्मविश्वास गुमाएको नेपाली टिमले पहिल जित पछि लय समातेपछि सफलता प्राप्त गरेको उनले बताए –

“थाईल्याण्ड, हंगकंग, चिन संग नेपालको प्रतिस्पर्धा हैन l नेपालको प्रतिस्पर्धा भनेको एसिया कपमा बंगलादेश र श्रीलंकालाई पराजित गर्नु हो र हामीले राम्रो तयारी गर्ने हो भने त्यो पनि सक्छौ”

 

https://www.youtube.com/watch?v=TRvCQxr0Ie4

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy