“बिश्वकप खेल्न पाएको जस्तो महसुस भएको छ” कप्तान रुबिना क्षेत्री

rubina chhetry

एसिया कप खेल्न छनौट भएको नेपाली महिला क्रिकेट टिम कप्तान रुबिना क्षेत्रीले प्रतियोगिता खेल्न पाउदा बिश्वकप खेल्न पाएको जस्तो महसुस भएको बताएकि छिन् l

महिला बिश्वकप छनौट – एसिया छनौट प्रतियोगिता बाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै क्षेत्रीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता ठुला रास्ट्रहरुले सहभागिता जनाउने हुनाले महिला क्रिकेट टिमकै लागि ठुलो फड्को भएको बताईन् –

“एसिया कपमा बिश्वकपमा हुने टोलिहरु भारत , पाकिस्तान, श्रीलंका, बंगलादेश हुन्छन् त्यो हुँदा बिश्वकपनै छनौट भएको जस्तो महसुस भएको छ l यो एउटा ठुलो फड्को हो l

जुन प्रकारको अभ्यास देखि लिएर सुबिधाहरु हामीले प्रतियोगिता अघि पायौ यही लय समातेर अभ्यास सुरु गर्नुपर्छ” क्षेत्रीले एसिया कपमा राम्रो नतिजा ल्याउन चाडै अभ्यास सुरु गर्नुपर्ने कुरामा जोड दिएकि थिईन् l

नोभेम्बर २६ देखि थाईल्याण्डमा संचालन हुने प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित नेपाल,भारत,पाकिस्तान र बंगलादेशले सहभागिता जनाउने छन् l

नेपाली टिम मंगलबार दिउसो १:४० बजे विमानस्थल आगमन गरेको थियो l टिमलाई स्वागत गर्न नेपाल क्रिकेट संगकि पुर्ब सीईओ भावना घिमिरे, सीओओ छुम्बी लामा एअरपोर्ट पुगेका थिए l

बिमानस्थलमा कुरा गर्दै नेपाली टिमका प्रशिक्षक राजु बस्नेतले नेपाली टिम छनौट प्रतियोगिताकै उत्कृस्ट टिम भएको बताए l प्रतियोगिताको सुरुवातमा आत्मविश्वास गुमाएको नेपाली टिमले पहिल जित पछि लय समातेपछि सफलता प्राप्त गरेको उनले बताए –

“थाईल्याण्ड, हंगकंग, चिन संग नेपालको प्रतिस्पर्धा हैन l नेपालको प्रतिस्पर्धा भनेको एसिया कपमा बंगलादेश र श्रीलंकालाई पराजित गर्नु हो र हामीले राम्रो तयारी गर्ने हो भने त्यो पनि सक्छौ”

 





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]