भुवनको अर्धशतकीय पारि मदतले वेस्टर्नको जित : रुपन्देही सुपर लिग

  • विकेटनेपाल-भैरहवा, २१ माघ ।

भैरहवामा जारी रुपन्देही सुपर लिग अन्तर्गत ‘ए’ डिभिजनको समूह ‘सी’ को शुक्रबार भएको खेलमा बुम एमसिसी भैरहवालाई वेस्टर्न क्रिकेट क्लब बुटवलले ७२ रनले पराजित गरेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टर्नले निर्धारित ३५ ओभरको खेलमा ३४.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो। लक्ष्य पछ्याउँदै जवाफमा मैदान छिरेको बुमले २९ ओभरमा अलआउट हुँदै १ सय १३ रन मात्रै बनाउन सक्यो ।

वेस्टर्नका लागि भुवन पाण्डेले ६२, किरण पाण्डेले २२ रनको योगदान दिए । बलिंगमा एमसिसीका रोशनलाल गुप्ताले ३, राहुल चौहान २, तुलबहादुर थापा २ विकेट लिए ।

एमसिसीका लागि अनिल जैसवारले ३८ तथा तुलबहादुर थापाले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। बलिंगमा वेस्टर्नका लागि राहुल बिश्वकर्माले ३, जगत क्षेत्री, विक्रम भुसाल, सुभाष वि.क.ले २/२ विकेट लिए । खेलको म्यान अफ द म्याच वेस्टर्नका भुवन पाण्डे घोषित भए l

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार समूह डिमा रहेका शिवशक्ति क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy