भुवनको अर्धशतकीय पारि मदतले वेस्टर्नको जित : रुपन्देही सुपर लिग

  • विकेटनेपाल-भैरहवा, २१ माघ ।

भैरहवामा जारी रुपन्देही सुपर लिग अन्तर्गत ‘ए’ डिभिजनको समूह ‘सी’ को शुक्रबार भएको खेलमा बुम एमसिसी भैरहवालाई वेस्टर्न क्रिकेट क्लब बुटवलले ७२ रनले पराजित गरेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टर्नले निर्धारित ३५ ओभरको खेलमा ३४.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो। लक्ष्य पछ्याउँदै जवाफमा मैदान छिरेको बुमले २९ ओभरमा अलआउट हुँदै १ सय १३ रन मात्रै बनाउन सक्यो ।

वेस्टर्नका लागि भुवन पाण्डेले ६२, किरण पाण्डेले २२ रनको योगदान दिए । बलिंगमा एमसिसीका रोशनलाल गुप्ताले ३, राहुल चौहान २, तुलबहादुर थापा २ विकेट लिए ।

एमसिसीका लागि अनिल जैसवारले ३८ तथा तुलबहादुर थापाले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। बलिंगमा वेस्टर्नका लागि राहुल बिश्वकर्माले ३, जगत क्षेत्री, विक्रम भुसाल, सुभाष वि.क.ले २/२ विकेट लिए । खेलको म्यान अफ द म्याच वेस्टर्नका भुवन पाण्डे घोषित भए l

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार समूह डिमा रहेका शिवशक्ति क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]