बुम एमसीसीले रेलिगेसन जोगाउन सकेन : रुपन्देही सुपर लिग

  • विकेटनेपाल-भैरहवा, २९ माघ ।

भैरहवाको सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा अन्तर्गत शनिबार भएको समूह ‘सी’को अन्तिम खेलमा ३ पटकको सुपर लिग विजेता बुम एमसीसी क्रिकेट क्लब भैरहवालाई ८ विकेटले हराउँदै न्यू होराइजन क्रिकेट क्लब बुटवल विजयी भएको छ।

सेमिफाइनल प्रवेश गर्ने सम्भावना यस अघि अन्त्य भइसकेका यी दुई टिम रेलिगेशन जोगाउनका लागि भिडेका थिए। हार सँगै बुम एमसीसी ‘बी’ डिभिजनमा घटुवा भएको छ भने न्यू होराइजन सेमिफइनलमा प्रवेश गर्न नसके पनि ‘ए’ डिभिजनमै कायम रहेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको बुम एमसीसीले निर्धारित ४० ओभरको खेलमा पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो। प्रतिउत्तरमा मैदान छिरेको न्यू होराइजनले ३५ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनाई लक्ष्य पुरा गरेको थियो। जसमा विशाल सुनारले ३५, विशाल खत्रीले ३३, गणेश गौडेलले २८ र युवराज सेनले नटआउट २१ रन बनाएका थिए। बलिङमा बुम एमसीसीका लागि सन्दीप केसी र तुलराम मगरलेसमान २/२ विकेट लिएका थिए ।

बुम एमसीसीका लागि रवि थापाले ३०, अनिल जैशवारले २५, प्रज्ज्वल थापाले २४ र सन्दीप केसीले नटआउट २१ रन बनाएका थिए। बलिङमा न्यू होराइजनका लागि विशाल सुनारले ३, गणेश गौडेलले २ विकेट लिए।

खेलको म्यान अफ द म्याच न्यू होराइजनका विशाल सुनार घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए।

आइतबार लिग चरणको अन्तिम खेल हुँदैछ । जसमा ग्रुप ‘डी’बाट शिवशक्ति क्रिकेट क्लब भैरहवा र बुटवल ११ क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने छ। भोलि ग्रुप ‘डी’ को अन्तिम खेलपछि सेमिफाइनलमा पुग्ने सबै टिमको टुंगो लाग्ने छ। यस अघि ग्रुप ‘ए’बाट लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया, ग्रुप ‘बी’बाट एपेक्स क्रिकेट क्लब शंकरनगर र ग्रुप ‘सी’बाट वेस्टर्न क्रिकेट क्लब बुटवल सेमिफाइनल पुगिसकेका छन्।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy