सुरु हुँदै ‘रुपन्देही सुपर लिग’

विकेटनेपाल, माघ-९ 

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा २१ औ नेपाल टेलिकम ‘रुपन्देही सुपर लिग’ क्रिकेट प्रतोयोगिता माघ ९ देखि सुरु हुने भएको छ l

स्थानीय ७ वटा ‘ए’ डिभिजन र १२ वटा ‘बि’ डिभिजन क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् l १२ ‘बि’ डिभिजन क्लबले ९-१८ गते सम्म हुने नक-आउट क्वालिफायर चरण खेल्नुपर्नेछ जसबाट छनौट हुने ५ वटा टिमले सुपर लिग चरणमा प्रतिस्पर्धा गर्न पाउनेछ l

नकआउट क्वालिफायर चरणबाट आएका ५ टोलि सहित जम्मा १२ वटा ‘ए’ डिभिजन टिमलाई ४ वटा समुहमा बिभाजन गरी सुपर लिगमा खेलाईने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले विकेटनेपाललाई जानकारी दिएका छन् l

प्रतियोगिताको सबै खेलहरु ४०/४० ओभर इनिंगको हुनेछ l

सुपर लिगमा आफ्नो समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलेपछि समुह उत्कृस्ट हुने टिम सेमीफाईनल प्रवेश गर्नेछ l समुहको अन्तिममा रहने टिम रेलिगेसनमा पर्नेछ जसले अर्को बर्ष ‘बि’ डिभिजन नक-आउट क्वालीफायर खेल्नुपर्नेछ l

प्रशान्त मल्ल

नेपाल टेलिकमले मुख्य प्रयोजन गर्ने प्रतियोगिताको बिजेता टिमले रु. ५०,००० , उपविजेताले रु. २५,००० पुरस्कार पाउनेछ l उत्कृस्ट खेलाडीले रु. १०,००० तथा अन्य विधाका उत्कृस्टले रु. ५,००० पाउने छन् l

२० बर्ष लामो इतिहास प्रतियोगिताको आयोजनाले रुपन्देही क्रिकेटको आधार स्तम्भको काम गरेको अध्यक्ष मल्लले बताएका छन् l रुपन्देहीका सम्पूर्ण खेलाडी, रास्ट्रिय क्रिकेटरहरु र क्लबहरुले सहभागिता जनाउने प्रतियोगिता यसपाली पनि बृहत हुने विश्वास गरेका छन् l

प्रतियोगिताको कुल अनुमानित लागत ६ लाख ६५ हजार रहेको छ l खेल हुने सिद्धार्थ रंगशालामा स्तरीय ३ वटा पिच समेत निर्माण गरिएको अध्यक्ष मल्लले विकेटनेपाललाई जानकारी दिएका छन् l

गत बर्ष प्रतियोगिताको उपाधि न्यु होराइजन क्रिकेट क्लबले जितेको थियो l उक्त प्रतियोगितामा शक्ति गौचन, सागर पुन, बसन्त रेग्मी लगायत खेलाडी समेत खेलेका थिए l

प्रतियोगितामा सहभागी टिमहरु :

‘ए’ डिभिजन

१. लुम्बिनी खुकुरी क्लब , २. शंकरनगर क्रिकेट क्लब, ३. मास्टर ११ क्रिकेट क्लब ४. करहिया क्रिकेट क्लब , ५. न्यु होराइजन क्रिकेट क्लब, ६. शिब शक्ति क्रिकेट क्लब, ७. बुद्ध क्रिकेट क्लब

‘बि’ डिभिजन

१. जवाई जितगढी क्रिकेट क्लब, २. देवदह क्रिकेट क्लब , ३. नमस्ते सुनौली क्रिकेट क्लब , ४. साई ग्लोबल क्रिकेट क्लब , ५. लुम्बिनी लायन क्रिकेट क्लब , ६. गोलपार्क क्रिकेट क्लब, ७. एपेक्स क्रिकेट क्लब, ८. वेस्टर्न क्रिकेट क्लब ९. लुम्बिनी कान्साई क्रिकेट क्लब , १०. स्टार क्रिकेट क्लब, ११. बुटवल ११ क्रिकेट क्लब , १२. बुम एमसीसी

( सच्याइएको : ४० ओभर हुने पर्नेमा ५० ओभरको खेल भनिएको थियो )

यो पनि पढ्नुस- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy