विकेटनेपाल, माघ-९
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा २१ औ नेपाल टेलिकम ‘रुपन्देही सुपर लिग’ क्रिकेट प्रतोयोगिता माघ ९ देखि सुरु हुने भएको छ l
स्थानीय ७ वटा ‘ए’ डिभिजन र १२ वटा ‘बि’ डिभिजन क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् l १२ ‘बि’ डिभिजन क्लबले ९-१८ गते सम्म हुने नक-आउट क्वालिफायर चरण खेल्नुपर्नेछ जसबाट छनौट हुने ५ वटा टिमले सुपर लिग चरणमा प्रतिस्पर्धा गर्न पाउनेछ l
नकआउट क्वालिफायर चरणबाट आएका ५ टोलि सहित जम्मा १२ वटा ‘ए’ डिभिजन टिमलाई ४ वटा समुहमा बिभाजन गरी सुपर लिगमा खेलाईने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले विकेटनेपाललाई जानकारी दिएका छन् l
प्रतियोगिताको सबै खेलहरु ४०/४० ओभर इनिंगको हुनेछ l
सुपर लिगमा आफ्नो समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलेपछि समुह उत्कृस्ट हुने टिम सेमीफाईनल प्रवेश गर्नेछ l समुहको अन्तिममा रहने टिम रेलिगेसनमा पर्नेछ जसले अर्को बर्ष ‘बि’ डिभिजन नक-आउट क्वालीफायर खेल्नुपर्नेछ l

नेपाल टेलिकमले मुख्य प्रयोजन गर्ने प्रतियोगिताको बिजेता टिमले रु. ५०,००० , उपविजेताले रु. २५,००० पुरस्कार पाउनेछ l उत्कृस्ट खेलाडीले रु. १०,००० तथा अन्य विधाका उत्कृस्टले रु. ५,००० पाउने छन् l
२० बर्ष लामो इतिहास प्रतियोगिताको आयोजनाले रुपन्देही क्रिकेटको आधार स्तम्भको काम गरेको अध्यक्ष मल्लले बताएका छन् l रुपन्देहीका सम्पूर्ण खेलाडी, रास्ट्रिय क्रिकेटरहरु र क्लबहरुले सहभागिता जनाउने प्रतियोगिता यसपाली पनि बृहत हुने विश्वास गरेका छन् l
प्रतियोगिताको कुल अनुमानित लागत ६ लाख ६५ हजार रहेको छ l खेल हुने सिद्धार्थ रंगशालामा स्तरीय ३ वटा पिच समेत निर्माण गरिएको अध्यक्ष मल्लले विकेटनेपाललाई जानकारी दिएका छन् l
गत बर्ष प्रतियोगिताको उपाधि न्यु होराइजन क्रिकेट क्लबले जितेको थियो l उक्त प्रतियोगितामा शक्ति गौचन, सागर पुन, बसन्त रेग्मी लगायत खेलाडी समेत खेलेका थिए l
प्रतियोगितामा सहभागी टिमहरु :
‘ए’ डिभिजन
१. लुम्बिनी खुकुरी क्लब , २. शंकरनगर क्रिकेट क्लब, ३. मास्टर ११ क्रिकेट क्लब ४. करहिया क्रिकेट क्लब , ५. न्यु होराइजन क्रिकेट क्लब, ६. शिब शक्ति क्रिकेट क्लब, ७. बुद्ध क्रिकेट क्लब
‘बि’ डिभिजन
१. जवाई जितगढी क्रिकेट क्लब, २. देवदह क्रिकेट क्लब , ३. नमस्ते सुनौली क्रिकेट क्लब , ४. साई ग्लोबल क्रिकेट क्लब , ५. लुम्बिनी लायन क्रिकेट क्लब , ६. गोलपार्क क्रिकेट क्लब, ७. एपेक्स क्रिकेट क्लब, ८. वेस्टर्न क्रिकेट क्लब ९. लुम्बिनी कान्साई क्रिकेट क्लब , १०. स्टार क्रिकेट क्लब, ११. बुटवल ११ क्रिकेट क्लब , १२. बुम एमसीसी
( सच्याइएको : ४० ओभर हुने पर्नेमा ५० ओभरको खेल भनिएको थियो )
यो पनि पढ्नुस-
- नेपाल पुलिसलाई उपाधि ( भिडियो सहित )
- बिश्वस्तरीय प्रशिक्षकले नेपाली टिमको प्रशिक्षण गर्ने पक्का, पढ्नुस को हुन्, के छ कार्यक्रम
- केन्यासंग खेल्न ५२ खेलाडी प्रारम्भिक छनौटमा, सोनु तामांग पनि अटाए