राहुल बिकको ५ विकेटले जोगाएन वेष्टर्नको हार

  • विकेटनेपाल – ११ फाल्गुन, शुक्रवार

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रवार देवदह क्रिकेट युनिट, देवदहले जित हार पारेको छ। शुक्रवार भएको डिभिजन “ए” को खेलमा देवदह क्रिकेट युनिटले वेष्टर्न क्रिकेट क्लब बुटवललाई ६६ रनको अन्तरले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै देवदहले दिएको २३७ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको वेष्टर्न क्रिकेट क्लबले ४२ ओभरमा अल आउट हुनअघि १७० रन मात्र जोड्न सक्यो। उसको इनिंगमा राहुल बिकले ३१ र भुवन पाण्डेले २३ रन जोडेपनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टोलिले खेल हार्न पुग्यो।

देवदहको बलिंग तर्फ म्यान अफ दि म्याच बनेका अर्जुन रायमाझीले ३ विकेट लिए। यस्तै अभिषेक न्यौपाने र रोशन गौतमको नाममा समान २-२ विकेट रह्यो।

राहुल बिक ( फाइल फोटो )

यसअघि टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको देवदहले ४८.१ ओभरमा अल आउट हुँदै २३६ रनको योगफल तयार गरेको थियो। उसका अर्जुन रायमाझीले ७९ रनको इनिंग खेलेका थिए। यस्तै हरिबहादुर चौहानले ६७ र सुरज दरईले ३६ रनको व्यक्तिगत योगदान गरे।

वेष्टर्न क्रिकेटको बलिंगतर्फ रास्ट्रिय क्रिकेट टिमको अनुभव भएका राहुल बिकले ५ विकेट हात पारेका थिए। यस्तै देवेन्द्र चौधरीले ३ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिबार समूह “डी” को लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष प्रशान्त मल्लले बताए।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिग प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ। विजेता क्लबले नगद ७० हजार तथा उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने सुपर लिगको सहप्रायोजन बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले गरेका छन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन्। रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]