अमीत ढकालले ८ विकेट लिएपछि साई ग्लोबलको सहज विजय : रुपन्देही सुपर लिग

  • विकेटनेपाल-  भैरहवा, १० माघ

भैरहवामा जारी नेपाल टेलीकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गत सोमवारको खेलमा साई ग्लोवल क्रीकेट क्लव बिजयी भएको छ ।
‘बि’ डीभीजन अन्तर्गत खेलमा साई ग्लोवलले नमस्ते नेपाल क्रीकेट क्लवलाई ८ विकेटले हराउदै बिजयी भएको हो । ‘ए’ डिभीजनमा प्रवेस गर्न साई ग्लोवलले जारी प्रतियोगीतामा अझ एक खेल जित्नु पर्ने छ ।

टस जितेर ब्याटिंग गरेको नमस्ते नेपालले निर्धारित ३० ओभरको खेलमा ११ ओभरमै आफ्ना सबै विकेट गुमाउदै ३२ रनमा समेटीएको थियो । साई ग्लोवलले ७ दसमलव १ ओभरमा २ बिकेट गुमाउदै लक्ष पुरा गर्यो।

साई ग्लोवलका लागी रुपेस वास्तोलाले १६ र अमीत यादवले ११ रन बनाए । बलिंगमा नमस्तेका रमेस कुर्मीले २ बिकेट लिए । नमस्तेका लागी आकास थापाले २० रन जोडेका थिए ।

बलिंग तर्फ साइ ग्लोवलका अमीत ढकालले ८ विकेट लिर्दै खेलको म्यान अफ द म्याच घोषीत भए ।

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा भैरहवा स्थित शिद्धार्थ रगंसालामा जारी प्रतियोगीता अन्तर्गत मगंलवार लुम्विनी लायन्स क्रीकेट क्लव बुटवल र गोल पार्क क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुने छ । फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।

सम्बन्धित : 

देबदह ‘ए’ डिभिजनमा उक्लियो : रुपन्देही सुपर लिग

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy