अमीत ढकालले ८ विकेट लिएपछि साई ग्लोबलको सहज विजय : रुपन्देही सुपर लिग

  • विकेटनेपाल-  भैरहवा, १० माघ

भैरहवामा जारी नेपाल टेलीकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गत सोमवारको खेलमा साई ग्लोवल क्रीकेट क्लव बिजयी भएको छ ।
‘बि’ डीभीजन अन्तर्गत खेलमा साई ग्लोवलले नमस्ते नेपाल क्रीकेट क्लवलाई ८ विकेटले हराउदै बिजयी भएको हो । ‘ए’ डिभीजनमा प्रवेस गर्न साई ग्लोवलले जारी प्रतियोगीतामा अझ एक खेल जित्नु पर्ने छ ।

टस जितेर ब्याटिंग गरेको नमस्ते नेपालले निर्धारित ३० ओभरको खेलमा ११ ओभरमै आफ्ना सबै विकेट गुमाउदै ३२ रनमा समेटीएको थियो । साई ग्लोवलले ७ दसमलव १ ओभरमा २ बिकेट गुमाउदै लक्ष पुरा गर्यो।

साई ग्लोवलका लागी रुपेस वास्तोलाले १६ र अमीत यादवले ११ रन बनाए । बलिंगमा नमस्तेका रमेस कुर्मीले २ बिकेट लिए । नमस्तेका लागी आकास थापाले २० रन जोडेका थिए ।

बलिंग तर्फ साइ ग्लोवलका अमीत ढकालले ८ विकेट लिर्दै खेलको म्यान अफ द म्याच घोषीत भए ।

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा भैरहवा स्थित शिद्धार्थ रगंसालामा जारी प्रतियोगीता अन्तर्गत मगंलवार लुम्विनी लायन्स क्रीकेट क्लव बुटवल र गोल पार्क क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुने छ । फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।

सम्बन्धित : 

देबदह ‘ए’ डिभिजनमा उक्लियो : रुपन्देही सुपर लिग





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]