ज्योतिको उत्कृस्ट ब्याटिंगमा, एपिएफको विजयी सुरुवात

jyoti pandey
  • विकेटनेपाल-धनगढी, वैशाख २१

कैलालीको अत्तरीयामा देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ। युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा भएको प्रतियोगितामा विभागीय टीम एफिएफले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा विभागीय टीम एपिएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराउदै सानदार जित दर्ता गरेको हो ।

अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा ९३ रन बनायो । टोलीलाई सम्मानजनक योगफलसम्म डोराउनका लागि सरस्वती चौधरी र मेन्सी चौधरीको प्रदर्शन उत्कृष्ट रह्यो । दुवै जनाले पाचौ विकेटका लागि ४३ रनको अविजित पारी खेलिन्। साझेदारीमा सरस्वतीले अविजित २१ र मेन्सीले अविजित १९ रन वनाईन । टोलीका लागि रितु जैनले १९ रन वनाईन् । कप्तान रुविना क्षेत्रीले १४ रनको योगदान दिईन् । एपिएफका लागि करुणा भण्डारीले मात्रै १ विकेट लिईन । ३ जना खेलाडीहरु रनआउट भए ।

jyoti pandey
अर्धशतक पुरा गरेपछि ज्योति पाण्डे ( दायाँ ) करुणा भण्डारीसंग

९४ रनको विजय लिएर मैदान उत्रिएको एपिएफले १५.५ ओभरमा ३ विकेट क्षतीमा विजय लक्ष पुरा गर्यो जितमा ज्योती पाण्डेयको अर्धशतकीय पारी महत्वपुर्ण रह्यो । उनले ५३ रनको अविजित पारी खेलिन् । त्यस्तै करुणा भण्डारीले अविजित १८ रन वनाईन । करुणा र ज्योतीले चौथो विकेटका लागि ६६ रनको साझेदारी समेत गरिन् । मिलन क्रिकेट एकेडेमीका लागि संगीता राईले दुई विकेट लिईन । खेलको म्यान अफ द ओमेन हुदै एपिएफकी ज्योती पाण्डेले ३ हजार नगद हात पारिन् ।

करिव २५ लाख रुपैयाँ खर्च हुने टि-२० प्रतियोगिताको विजेताले उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप-विजेताले १ लाख हात पार्नेछ । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन् ।

प्रतियोगितामा भाग लिने ६ वटै टोलीहरुलाई दुई समुहमा विभाजन गरीएको छ । समुह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली रहेको छ । समुह बि मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन्।

प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाईने छ । लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । ए समुहको विजेताले वी समुहको उपविजेता तथा वी समुहको विजेताले ए को उपविजेतासग सेमिफाईनलमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]