शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्।

बुधबार भैरहवामा सम्पन्न संघको चौंथो अधिवेशनमा अध्यक्ष निर्वाचित थापाले ६४ मत प्राप्त गर्दा गौचनले ४० मत पाए। गौचन प्यानलमा रहेका उपाध्यक्ष पदका उम्मेदवार राजु खड्का, सचिव पदका उम्मेदवार दिपक शर्मा भुर्तेल र कोषाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र लामगादे पनि पराजित भएका छन्।

संघको उपाध्यक्षमा धिरज क्षेत्री निर्वाचित भए। यस्तै पूर्व राष्ट्रिय क्रिकेटर तथा अम्पायर सन्जय गुरुङ सचिवमा निर्वाचित हुँदा कोषध्यक्षमा निरज प्रताप खाड निर्वाचित बाए। ६५ मत पाएका गुरुङले राष्ट्रिय क्रिकेटर कुशल भुर्तेलका बुवा दिपक भुर्तेललाई २६ मतान्तरले पराजित गरे।

संघको सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, प्रथम पराजुली, शेषमणि चौधरी, मनोज भण्डारी, कमल पाण्डे, उदयक्कुमार मल्लिक, श्रीराम नेपाली र उमा अधिकारी निर्वाचित भएका छन्।

चार वर्ष अघि २०१८ मा राष्ट्रिय क्रिकेट टिमबाट सन्यास लिएका गौचन पछिल्लो समय आफ्नै क्रिकेट एकेडेमी साथै क्रिकेट प्रशिक्षणमा सक्रिय छन्। उनि एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजका बलिंग प्रशिक्षक थिए।

कुन जिल्लामा को निर्वाचित

क्यानको आसन्न साधारण सभाको लागि बैधानिक नरहेका जिल्लाहरुमा नयाँ कार्यसमिति चयन भइरहेको छ। यस क्रममा धनुषा जिल्ला क्रिकेट संघमा शोभाकान्त पाण्डे, पाल्पा जिल्ला क्रिकेट संघमा राजेश श्रेष्ठ, रौतहट जिल्ला क्रिकेट संघमा पवन शाह, सुनसरी क्रिकेट संघको अध्यक्षमा चेतनाथ पौडेल, कंचनपुर जिल्ला क्रिकेट संघमा बिरेन्द्र बहादुर चन्द, कपिलवस्तु जिल्ला क्रिकेट संघमा प्रकाश गैरे, बैतडी जिल्ला क्रिकेट संघमा बिनोद बहादुर चन्द अध्यक्ष निर्वाचित भएका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]