नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिका पराजित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका पराजित भएको छ ।

घरेलु टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० आई सिरिजको पहिलो खेलमा पाहुना टोली दक्षिण अफ्रिका २८ रनले पराजित भयो । यो हारसँगै वेस्ट इन्डिजले सिरिजमा १-० को अग्रता बनाएको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ४७ रन मात्र बनायो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनरिक ५१ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८७ रन बनाए । म्याथु ब्रेट्जेले १३ बलमा १९ तथा कप्तान रासि भान डर डुसनले १७ बलमा १७ रन बनाए । दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र गुणकेश मोटीले समान ३/३ तथा ओबेद म्याकोइले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान ब्रान्डन किंगले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७९ रन बनाए । कायल मेयर्सले ३४ तथा रोस्टन चेसले अविजित ३२ रन बनाए ।

पराजित दक्षिण अफ्रिका आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १५ मा हुँदैछ ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]