प्रधानमन्त्री कपको सेमिफाईनलमा सागर पुनको शतक

प्रधानमन्त्रि कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सागर पुनले शतक प्रहार गरेका छन्।

Sagar Pun
Sagar Pun

प्रदेश नम्बर ५ विरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै सागर पुनले १३२ बलमा शतक प्रहार गरेका छन्। ओपनर अनिल मण्डललाई छिटै गुमाएको आर्मीको इनिंगलाई सम्हाल्दै सागरले उत्कृस्ट शतक बनाएका हुन्। लाल बाहादुर अधिकारीको बलमा ११८ रन बनाउंदै स्टम्प आउटहुनअघि १४२ बल सामना गरेका सागरले १० चौका र ४ छक्का प्रहार गरे।

फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ बिचको खेल किर्तिपुर स्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा जारि छ।

बल टु बल अपडेट को लागि यहाँ क्लिक गर्नुहोस :
स्कोरकार्ड को लागि यहाँ क्लिक गर्नुहोस : 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy