रोहन र रिजवानको विकेट पछि नेपाल खेलमा हावी

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको युएईले ४०.३ ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको छ। क्रिजमा कासिफ साउद ३ रन बनाएर अविजित छन्।

सुरुवाती ४ विकेट ३५ रनमा गुमाएपछि सिपि रिजवान र रोहन मुस्तफाले अर्धशतकीय साझेदारी गर्दै इनिंग्स उकासे। ७७ रनको उक्त साझेदारीलाई कप्तान सन्दिप लामिछानेले ३४ औं ओभरमा तोडे। ४० रन बनाएका रिजवानलाई सन्दिपले स्टम्प आउट गरे। ३९ औं ओभरमा  ४० रन बनाएका  रोहन मुस्तफालाई दिपेन्द्रले बोल्ड गरे। त्यसपछि सागर ढकालले बसिल हमिदको विकेट लिएका हुन्। सागरको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट हो।

सोमपाल कामिले युएईका माथिल्लो क्रमका तिन ब्याट्सम्यानको विकेट लिएका थिए। उनले चिराग सुरी ( ६ ) , भृत्य अरविन्द ( २ ) र मुहम्मद वासिम ( २१ ) को विकेट लिएका थिए। त्यसपछि करन केसीले आसिफ खान ( २ ) को विकेट लिएका थिए।

सन्दिपले ८ ओभरमा १ मेडन गर्दै १८ रन खर्चेर १ विकेट लिएका छन्। दिपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए। सोमपालले ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट तथा करनले ६ ओभरमा १ मेडन ओभर गर्दै ५ रन खर्चेर १ विकेट लिएका छन्। सागरले २.३ ओभरमा १२ रन खर्चेर १ विकेट लिएका छन्।

लाइभ हेर्न क्लिक गर्नुस  

सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले अन्तिम एघारमा एउटा मात्र परिवर्तन गरेको छ। विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीको स्थानमा फास्ट बलर कमल सिंह ऐरीले अन्तिम एघारमा स्थान पाएका छन्। बिनोद पछिल्लो समय लयमा छैनन्। ऐरीसंगी टिममा सोमपाल कामि, करन केसी र आरिफ शेख गरि चार जना मिडियम पेसर छन्। खराब लयमा रहेका ज्ञानेन्द्र मल्ललाई भए निरन्तरता दिईएको छ।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, कमल सिंह ऐरी, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने ( कप्तान ) , सागर ढकाल

युएईको अन्तिम एघार : चिराग सुरी, मुहम्मद वासिम, भृत्य अरविन्द ( विकेटकिपर ) , आसिफ खान, चुन्दनगापोयील रिजवान, बसिल हमिद, काशिफ दाउद, रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]