रुपेश बास्तोलाको शतकमा साई ग्लोबल बिजयी

  • विकेटनेपाल – ७ फाल्गुन, सोमबार

रुपन्देहीमा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेटमा साई ग्लोबल क्रिकेट क्लब, भैरहवाले जित हात पारेको छ। सोमबार भएको खेलमा जित दर्ता गरेसंगै साई ग्लोबल क्रिकेट क्लब डिभिजन “ए” मा प्रवेश गरेको छ।

भैरहवा स्थित सिद्धार्थ रंगशालामा सोमबार भएको खेलमा साई ग्लोबल क्रिकेट क्लवले बुटवल ११ क्रिकेट क्लबलाई १८७ रनको बिशाल अन्तरले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै साई ग्लोबलले दिएको २६६ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको बुटवल ११ ले २३.२ ओभरमा सबै विकेट गुमाएर मात्र ७८ रन बनाउन सक्यो। बुटवल-११ का लागि कृष्ण सेनले २५ र अमित श्रेष्ठले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा स्कोर गर्न विफल रहे।

साई ग्लोबल क्रिकेट क्लबका इमरान पठान र दुर्गेश कुर्मीले समान ३-३ विकेट लिए। यस्तै बसिर खानको नाममा भने २ विकेट रह्यो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ४० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ६५ रन बनाएको थियो । उसका रुपेश बास्तोलाले १ सय ३३ रनको पारी खेले। यस्तै इमरान खाँनले ३९ र आनन्द गौडले २४ रनको व्यक्तिगत योगदान गरे।

रुपेश बास्तोला

बुटवल ११ को बलिंगमा प्रदीप भण्डारीले ३ र तिलक श्रेष्ठले २ विकेट चट्काए।

मंगलबार हुने खेलमा प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवा र जेजेसिए जवही क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका सचिव संजय गुरुङले बताए। सो खेलको बिजेताले डिभिजन “ए” मा स्थान पक्का गर्ने छ।

फागुन २६ गतेसम्म चल्ने प्रतियोगितामा सोमबार साइ ग्लोबल क्रिकेट क्लब भैरहवा र बुटवल–११ क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिग प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ। विजेता क्लबले नगद ७० हजार तथा उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने सुपर लिगको सहप्रायोजन बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले गरेका छन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले नगद ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]