ICCWCL2 : ओमानसंग नेपालको खेल आज, लाइभ कहाँ हेर्ने ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्यो। लगत्तै अर्को दिन नेपालले आज मंगलबार आयोजक टिम ओमानसंग दोश्रो खेल खेल्दैछ। लिग-२ अन्तर्गत नेपालले ओमानसंग खेल्न लागेको यो तेश्रो खेल हो। खेल बारे सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ।

के हो विश्वकप लिग-२ : विश्वकप लिग-२ मा नेपाल, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएई र पपुवा न्यु गिनी गरि ७ टोलि छन्। यो प्रतियोगिता २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको छ। २०१९ देखि २०२१ फेब्रुअरी सम्म बिभिन्न चरणमा चल्ने यो प्रतियोगिताको अंकतालिकामा उत्कृस्ट-३ स्थानमा पर्ने टोलि २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ भने आगामी विश्वकप लिग-२ को लागि समेत छनोट हुनेछ । शिर्ष-३ स्थानमा पुग्न असफल हुने अंकतालिकाको तल्लो स्थानको ४ टिम २०२२ मा हुने आईसीसी विश्वकप छनोट प्लेअफमा पुग्नेछ जुन प्रतियोगितामा उत्कृस्ट-२ हुन सके २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ।

खेल – नेपाल VS ओमान ( दोश्रो खेल, विश्वकप लिग-२ , त्रिकोणात्मक सिरिज )
कहिले – सेप्टेम्बर १४, सोमबार, नेपाली समय : ४:१५ बजे , डे-नाइट खेल
कहाँ – अल अमिरात क्रिकेट मैदान, ओमान

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता – १६  , ओमानको – १५

विश्व कप लिग-२ अंकतालिकामा ओमान – पहिलो स्थानमा ( १० खेलमा ८ जित र २ हार = १६ अंक ) , नेपाल – छैठौं स्थानमा ( ५ खेलमा ३ जित र २ हार = ६ अंक )

 

प्रत्यक्ष कहाँ हेर्ने – खेलको प्रत्यक्ष प्रशारण नेपालमा ‘एक्सन स्पोर्ट्स’ टेलिभिजनले गर्नेछ। फेसबुक र युट्युबमा एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण नगर्ने बताएको छ तर अनधिकृत रुपमा फेसबुक र युट्युबमा खेलको प्रत्यक्ष प्रशारण भइरहेको छ। आईसीसीको वेबसाइट ICC.tv बाट तथा Fancode यापबाट शशुल्क लाइभ हेर्न सकिनेछ।

नेपाल-ओमान हेड टु हेड नतिजा ( एकदिवसीय अन्तर्राष्ट्रिय ) : ओमान २ – ० नेपाल

पछिल्लो भेट : विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज २०२० (नेपाल) – ओमान ८ विकेटले विजयी ( नेपाल : २४९/८ , ज्ञानेन्द्र मल्ल ५६, पारस खड्का ३८, बिनोद भण्डारी ३५, अकिब इल्यास ४ विकेट, मोहम्मद नदीम ३ विकेट , ओमान : २५०/२, अकिब इल्यास १०९* जिसान मक्सुद ६८* )

नेपालको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – ४ जित र १ हार, ओमानको – ४ जित र १ हार

विश्वकप लिग-२ मा सफल नेपाली खेलाडीहरु – सुशन भारि ( ५ खेलमा १३ विकेट ) , सन्दीप लामिछाने ( ५ खेलमा १० विकेट ) , बिनोद भण्डारी ( ५ खेलमा १५७ रन )

विश्वकप लिग-२ मा सफल ओमानका खेलाडीहरु – अकिब इल्यास ( १० खेलमा १४ विकेट र ६१० रन )  जिशान मक्सुद ( १० खेलमा १९ विकेट र २४१ रन ) , बिलाल खान ( ९ खेलमा १८ विकेट ) , खवर अलि ( १० खेलमा ११ विकेट र २४२ रन )

पछिल्लो खेलमा लयमा रहेका नेपालको खेलाडीहरु : सन्दिप लामिछाने ( ओमान भ्रमणमा ३ खेलमा १२ विकेट ) , रोहित पौडेल ( ओमान भ्रमणमा ३ खेलमा २ अर्धशतक सहित १८९ रन )

पछिल्लो खेलमा लयमा रहेका ओमानका खेलाडी : मोहम्मद नदीम ( २ खेलमा ६ विकेट र ९० रन )

नेपालको लक्ष्य : पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दाकै लय बलियो ओमान बिरुद्ध नेपाल कायम राख्न चाहन्छ। लिग-२ अंकतालिकामा शिर्ष-३ मा पुग्ने हो भने ओमान जस्तो बलियो टिमलाई नेपालले पराजित गर्ने क्षमता राख्नु पर्छ। गत वर्ष घरेलु मैदानमा ओमानले नेपाललाई दुवै खेलमा पराजित गरेको थियो जुन हारबाट नेपालले पाठ सिक्नुपर्नेछ। आज जित दर्ता गरे नेपाल ८ अंक सहित अंकतालिकाको पाँचौ स्थानमा उक्लनेछ।

ओमानको लक्ष्य : लिग-२ मा १० खेलमध्ये ८ जित दर्ता गरेको ओमान शिर्ष स्थानमा रहेर विश्वकप छनोट पुग्न चाहन्छ। अमेरिका बिरुद्ध नेपाल जित नजिकबाट नियालेको ओमानले नेपाल बिरुद्ध विशेष रणनीति अपनाउनेछ। नेपाल बिरुद्ध जित दर्ता गर्दै १८ अंक सहित लिग-२ को शिर्ष स्थान मजबुत पार्ने योजनामा ओमान छ।

नेपाल टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

ओमान टिम : जिशान मक्सुद ( कप्तान ) , अकिब इल्यास, जतिन्दर सिंह, खवर अलि, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टर धम्बा, कलेमुल्लाह, बिलाल खान, नसिम खुसि, सुफ्यान मेहमुद, शोयब खान

खेल अघि नेपाल कप्तान ज्ञानेन्द्र मल्लको भनाइ : सबैको योगदानले अमेरिकासंग जित दर्ता गर्यौं। विकेट राम्रो भएता पनि १-२ रन लिन यो मैदानमा मुस्किल छ। हामीले अमेरिकासंग ब्याटिंग र बलिंग क्षेत्रमा राम्रो गर्यौं। ओमानको परिस्थितिमा खेल्दैछौँ जहाँ उनीहरु पोख्त छन्। हाम्रो लागि कठिन चुनौती हुनेछ। उनीहरुको पेस र स्पिन आक्रमण राम्रो छ। हामीले आजको खेल भन्दा अझ सुधार गर्ने हो भने ओमानलाई जित्न सक्छौं। अमेरिकासंगको जितले हाम्रो आत्मविश्वास बढेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]