BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको डकल्यान्ड्स स्टेडियममा सम्पन्न खेलमा होबार्टले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्नले २० ओभरमा ६ विकेट क्षेतीमा १७६ रन बनाउन सक्यो।

जितको लागि अन्तिम ६ ओभरमा मेलबर्नलाई ४९ रन आवस्यक थियो र ९ विकेट सुरक्षित थियो। त्यो अवस्थामा पन्ध्रौँ ओभर बलिंग गरेका सन्दिपले ५१ रन बनाएका शन मार्शलाई क्याच आउट गर्नुको साथै ओभरमा मात्र ४ रन खर्चे। त्यसपछि सन्दिप अठारौं ओभरमा बलिंग गर्न आएका जुन क्रममा जित्न मेलबर्नलाई ३ ओभरमा २६ रन आवस्यक थियो र साथमा ८ विकेट। ओभरमा मात्र ८ रन खर्चेर सन्दिपले उन्मुक्त चन्दलाई क्याच आउट पारे। लामिछानेको ओभर पछि उन्नाईसौं ओभरमा थोमस रोजर्सले मात्र ३ रन खर्चेर २ विकेट लिंदै होबार्टलाई हावी गराए।

मेलबर्नको ब्याटिंगमा आरोन फिन्चले सर्वाधिक ७५ तथा शन मार्शले ५१ रन बनाए। होबार्टको बलिंगमा थोसम रोजर्सले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको होबार्टको ब्याटिंगमा म्याथु वेडले ४८, टिम डेभिडले ४६, ड्यार्सी सर्टले ३७ तथा कलेब जिवेलले ३५ रन योगदान दिए।

यस्तो रह्यो सन्दिपको प्रदर्शन

खेलमा सन्दिपले ४ ओभर बलिंग गर्दै २७ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिए।

सन्दिपको पहिलो ओभर : पावरप्लेको तेश्रो ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा १२ रन खर्चिए। उनलाई आरोन फिन्चले तेश्रो बलमा चौका तथा पाँचौ बलमा छक्का प्रहार गरे। ओभर समरी ( ० ० ४ २ ६ ० )

सन्दिपको दोश्रो ओभर :
सातौँ ओभरमा दोश्रो ओभर गरेका सन्दिपले कसिलो बलिंग गर्दै मात्र ३ रन खर्चिए। ओभरमा उनले शन मार्श र आरोन फिन्चलाई खुलेर खेल्न दिएनन् र ३ वटा डट बल गरे। ओभर समरी ( ० १ १ १ ० ० )

सन्दिपको तेश्रो ओभर : सहज जित तर्फ मेलबर्न अघि बढेको अवस्थामा पन्ध्रौँ ओभरमा बलिंग गरेका सन्दिपले उत्कृस्ट बलिंग गरे। ओभरमा उनले एउटा चौका बाहेक अन्य बलमा रन दिएनन् भने पाँचौ बलमा अर्धशतक बनाएका शन मार्शको विकेट लिए। सन्दिपले मार्श र फिंच बीचको १०१ रनको साझेदारी तोडे। ओभर समरी ( ० ० ४ ० विकेट ० )

सन्दिपको चौंथो ओभर : चुनौतिपूर्ण अठारौं ओभरमा बलिंग गरेका सन्दिपले मेलबर्नलाई थप दबाबमा राख्न उन्मुक्त चन्दको विकेट लिए। स्लग स्विप गर्दा उनि डिप-मीड विकेटमा क्याच आउट भए। छैठौं बलमा फिंचले सन्दिपलाई चौका प्रहार गरे। ओभर समरी ( २ १ १ विकेट ० ४ )

प्रतियोगितामा १३ खेल खेल्दा सन्दिपले विकेट संख्या १४ पुर्याएका छन्। उनि सर्वाधिक विकेटकर्ताको सुचीमा संयुक्तरुपमा छैठौं स्थानमा पुगेका छन्। उनि संगै पर्थका म्याथु केली र होबार्टकाई राइली मेरेडीथले समान १४ विकेट लिएका छन्। सुरुवाती खेलमा लय नपाएका नेपाली लेग स्पिनरले पछिल्लो ७ खेलमा १२ विकेट लिएका हुन्। उनले मेलबर्न रेनेगेड्स बिरुद्ध अघिल्लो खेलमा ३ विकेट लिएका थिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]