तेश्रो पटक सन्दिपले जिते पाँच सय डलर राशिको “मोमेन्ट अफ द म्याच” अवार्ड

क्यानडामा जारी ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत उत्कृस्ट लयमा रहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले चौंथो खेल खेल्दा तेश्रो पटक ‘मोमेन्ट अफ द म्याच’ अवार्ड जित्न सफल भएका छन्।

मिसीसागा प्यान्थर्स विरुद्ध शनिवार विहान सम्पन्न खेलमा सन्दिपले ३ विकेट लिएका थिए जुन क्रममा एकै ओभरमा दुई विकेट लिंदै खेलको दिशा परिवर्तन गरेका कारण उनलाई उक्त अवार्ड दिईएको हो। उनले आक्रामक ब्याटिंग गरिरहेका क्यामरन डेलपोर्ट र जेम्स निशमको महत्वपूर्ण विकेट लिएका थिए।

पाँच सय डलर पुरस्कार राशिको उक्त अवार्ड तिन पटक जित्दै सन्दिपले आफ्नो खातामा पन्ध्र सय डलर ( करिब रु १ लाख ९६ हजार ५ सय ) जम्मा गरेका छन्।

यस अघि सन्दीपले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध २ विकेट लिंदा तथा तेश्रो खेलमा टोरोन्टो नेसनल्स विरुद्ध २ विकेट लिंदा समेत उक्त अवार्ड जितेका थिए। राम्रो प्रदर्शन गरेता पनि सन्दिप प्लेयर अफ द म्याच अवार्ड भने जितेका छैनन्।

अर्का नेपाली खेलाडी दिपेन्द्र ऐरीले पनि भानकुभर नाइट्स विरुद्ध बुधबारको खेलमा मोमेन्ट अफ द म्याच अवार्ड जितेका थिए।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]