ईपीएल अक्सनमा सन्दिप,आरिफ,करण र बिनोद सबैभन्दा महँगा, हेर्नुस को कतिमा बिक्रि भए

  • विकेटनेपाल, ६ कार्तिक 

एभरेस्ट प्रिमियर लिग ( ईपीएल टि-२० ) प्रतियोगिताको अक्सन आज दिउसो अन्नपूर्ण होटलमा सम्पन्न भएको छ ।

राजधानीको अन्नपूर्ण होटलमा ११:३० बजे सुरु भएको अक्सन ४ घण्टा सम्म चलेको थियो ।अक्सनमा ईपीएलका ६ वटा टिमले १०-१० जना खेलाडी गरि कुल ६० जना खेलाडी खरिद गरेका छन् ।

बिक्रि हुने खेलाडीमा आरिफ शेख, करण केसी, सन्दिप लामिछाने र बिनोद भण्डारीले सर्बाधिक मूल्य पाएका छन् । ४ जना खेलाडीहरु १ लाख ७५ हजार मूल्यमा बिक्रि भएका हुन् ।

आरिफलाई भैरहवा ग्लाडीएटर्सले, करणलाई बिराटनगर वारियार्सले, सन्दिपलाई ललितपुर प्याट्रियट्सले तथा बिनोद भण्डारीलाई पोखरा राइनोजले अधिकतम मूल्यमा खरिद गरेका हुन् ।

अक्सनमा ‘ए’ ग्रेडको खेलाडीको अधिकतम मूल्य १ लाख ७५ हजार रुपियाँ रहेको थियो भने बेस प्राइस १ लाख रुपैयाँ थियो । यस्तै ‘बि’ ग्रेडको अधिकतम मूल्य १ लाख २५ हजार र बेस प्राइस ७५ हजार रुपियाँ थियो भने ‘सी’ ग्रेडको खेलाडीको अधिकतम मूल्य ७५,००० रुपियाँ तथा बेस प्राइस ५० हजार रुपैयाँ थियो ।

एउटा टिमले १० जना खेलाडी किन्न अधिकतम १० लाख रुपैयाँ खर्च गर्न पाउने नियम थियो  ।

शरद भेसावकर मार्की खेलाडी रहेको भैरहवा ग्लाडीएटर्सले प्रदिप ऐरीलाई रु. १ लाख ६० हजार रुपैयाँमा खरिद गरेको छ भने कृष्ण कार्की र भुवन कार्कीलाई १ लाख २५ हजार रुपैयाँमा किनेको छ । यस्तै ग्लाडीएटर्सले रोहित पौडेललाई ९५,००० मा किनेको छ ।

पारस खड्का मार्की खेलाडी रहेको बिराटनगर वारियर्सले बसन्त रेग्मीलाई १ लाख ६० हजार रुपैयाँमा खरिद गरेको छ भने आसिफ शेखलाई १ लाख २५ हजार रुपैयाँमा, अनिल शाहलाई १ लाख ५ हजार रुपैयाँ तथा अविनाश कर्णलाई १ लाख रुपैयाँमा खरिद गरेको छ।

सोमपाल कामि मार्की खेलाडी रहेको काठमाडौँ किंग्स एक्सआईले सागर पुनलाई सर्बाधिक १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको छ भने जितेन्द्र मुखिया र नरेश बुढायरलाई १ लाख २० हजार रुपैयाँमा खरिद गरेको छ । यस्तै सुशील कंडेललाई १ लाख २५ हजार तथा सिद्धान्त लोहनीलाई १ लाख १५ हजार रुपैयाँमा किंग्स एक्सआईले किनेको छ।

यस्तै दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्सले पृथु बास्कोटालाई १ लाख ४० हजार रुपैयाँमा खरिद गरेको छ भने शाहब आलम र ललित सिंह भण्डारीलाई १ लाख २५ हजार रुपैयाँ खर्चेको छ । यस्तै योगेन्द्र सिंह कार्कीले १ लाख ५ हजार रुपैयाँ पाएका छन् ।

यस्तै ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको ललितपुर प्याट्रियट्सले मेहबुब आलमलाई १ लाख ५० हजार रुपैयाँमा किनेको छ भने कुशल भुर्तेल र पवन शर्राफलाई १ लाख २५ हजार रुपैयाँमा तथा ललित राजबंशीलाई १ लाख ५ हजार रुपैयाँमा खरिद गरेको छ ।

शक्ति गौचन मार्की खेलाडी रहेको पोखरा राइनोजले सौरभ खनाललाई १ लाख २५ हजार रुपैयाँमा खरिद गरेको छ भने राजेश पुलामीलाई १ लाख २० हजार तथा सुनिल धमला र किशोर महतोलाई १ लाख १५ हजार रुपैयाँमा किनेको छ । यस्तै सुशन भारि पनि १ लाख ५ हजार रुपैयाँमा पोखरामा बिक्रि भएका छन् ।

सबै टिममा ३ जना बिदेशी खेलाडी रहने नियम छ जुन सम्बन्धित टिमले आफै खरिद गर्ने बताईएको छ भने १ जना खेलाडी ट्यालेन्ट हन्टबाट लिईनेछ ।

सम्पूर्ण लिस्ट ( फोटोमा ) 

 

पोखरा राइनोज
भैरहवा ग्लाडीएटर्स
बिराटनगर वारियर्स
चितवन टाइगर्स
काठमाडौँ किंग्स एक्सआई
ललितपुर प्याटरियटस

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]