“टिमलाई कठिन समयबाट पार लगाउन चाहन्छु” सन्दिप

Sandeep Lamichhane

राष्ट्रिय क्रिकेट टिमको नवनियुक्त कप्तान सन्दिप लामिछानेले आफ्नो नेतृत्वमा नेपाली राष्ट्रिय क्रिकेट टिमको सपना विश्वकप र टेस्ट राष्ट्र बनाउने उद्देश्यका साथ अघि बढ्ने बताएका छन्। हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा रहेका सन्दिपले ईएसपीएन क्रिक्इन्फोसंग कुराकानी गर्ने क्रममा टिमलाई एकजुट बनाएर लैजाने समेत प्रतिबद्धता व्यक्त गरे।

सन्दिपले कठिन समयमा कप्तानीको जिम्मेवारी आफ्नो काँधमा आएको जसलाई मिलेर हल गर्नुपर्नेमा जोड दिए “देशको नेतृत्व गर्न पाउनु गर्वको कुरा हो। खेलाडी र क्यान बीच बिभिन्न कुरा चलिरहेको छ। यो कठिन समय हो, हामीले एकअर्कालाई साथ दिनु पर्छ। सम्पूर्ण खेलाडीहरु र क्यान एकै ठाउँमा आएर नेपाली क्रिकेटलाई अर्को उचाईमा लैजानु पर्छ। यो नेपाली क्रिकेटको लागि कठिन समय हो तर म यो टिमलाई कठिन समयबाट पार लगाउन चाहन्छु किनकि, हाम्रो भविष्य राम्रो छ।”

नेपाली क्रिकेटको वर्तमान परिस्थितिले आफूलाई पिंडा दिएको र कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, सोमपाल कामि र कमल सिंह ऐरी टिमको मूख्य खेलाडीरहेको बताए- “अहिलेको परिस्थितिले पिंडा दिन्छ। उतारचढावहरु धेरै छन् तर, हाम्रो खेलाडीहरुको क्षमता र दह्रो मुटु छ। मलाई विश्वास छ कि उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै आफूलाई सावित गर्नेछन्। वहाँहरु नेपाली टिमको मूख्य खम्बा हुनुहुन्छ। कप्तान र उपकप्तान नभएता पनि मेरो लागि उनीहरु टिमको उत्कृस्ट खेलाडीहरु हुन्।”

नवनियुक्त प्रशिक्षक पुबुदु दासानायेके प्रशिक्षकको रुपमा फर्कंदा सन्दिपले टिममा सकारात्मकता ल्याउने विश्वास व्यक्त गरे – “वहाँ नेपाली क्रिकेट टिम पक्का आर्किटेक्ट हुनुहुन्छ जसले नेपाली क्रिकेटको परिभाषा निर्माण गर्नु भएको छ। मेरो लागि जसरि वहाँले जमिनबाट उठाएर राष्ट्रिय टिमको क्याम्प सम्म पुर्याउनु भएको थियो। त्यसैले म र अन्य खेलाडीको लागि यो खुसिको कुरा हो। पुबुदु फिर्ता आउँदा धेरै सकारात्मकता र परिवर्तन पनि आउनेछ। टिमलाई एक बनाउने छु। म राम्रो समय पर्खदै छु र टिमलाई एकजुट बनाउदै छु।”

उनले नेपालको प्रतिनिधित्व गर्नु चुनौती र गर्वको कुरा रहेको र टिमको लक्ष्य विश्वकप पुग्ने र टेस्ट राष्ट्र बन्ने रहेको बताए – “हामि पहिले देखि एउटै कुरा भन्दै आएका छौँ। हामिले विश्वकप खेल्नु पर्छ र टेस्ट राष्ट्र बन्नु पर्छ। पक्कै पनि मेरो लागि यो नयाँ चुनौती हो र म त्यहाँ रहेसम्म जति सक्दो टेस्ट राष्ट्र बनाउन प्रयास गर्नेछौँ। मैदान त प्रवेश गरेको छैन तर म मेरो सुन्दर देश मात्रै हैन खेलाडीहरु र स्टाफ मेम्बरको नेतृत्व गर्न पाउदा निकै खुसि छु। विश्वभर
छरिएका तिन करोड नेपाली जनतालाई प्रतिनिधित्व गर्न पाउनु गर्वको कुरा हो।”

“सबै टिममा उतारचढाव हुन्छ। धेरै कुरा पछाडी घटेका छन् तर यहाँ बाट एउटा नेतृत्वकर्ताको रुपमा हामि सुखद दिनहरुको प्रतीक्षा गर्दैछौ। सबैको सपना आफ्नो देशको लागि खेल्ने र योगदान दिने हुन्छ र मेरो लागि पनि एउटा लिडरको रुपमा यो राम्रो चुनौती हुने छ र आशा छ म खेलाडीहरुबाट उत्कृस्ट निकाल्न सक्नेछु। यही हाम्रो सफलताको लागि वर्तमानको प्रेरणा हो।”





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]