“मैले यो सपना देखेको थिएँ र त्यसैमा बाँच्दैछु” सन्दिप लामिछाने ( बिशेष अन्तर्वार्ता )

Sandeep lamichhane
  • अफिफ आजम , क्रिक्बज , जनवरी १३ 

हाल बंगलादेशमा सिल्हेट सिक्सर्सको लागि बंगलादेश प्रिमियर लिग खेलिरहेका सन्दिपको चर्चा निकै चुलिएको छ। सन्दिपसंग बंगलादेशमा चर्चित क्रिकेट वेबसाइट CricBuzz ले उनको खेल जीवन, लेग स्पिन र विश्वभर खेलीरहेका लिगहरुबारे बिशेष कुराकानी गरेको छ जसलाई नेपालीमा अनुवाद गरेर प्रस्तुत गरेका छौँ।

दुई वर्ष अघि तपाईले बिग-ब्यास खेल्नु मेरो लागि सपना साकार हुनु हो भन्नु भएको थियो, त्यसलाई कसरि फर्केर हेर्नुहुन्छ ?

म अष्ट्रेलिया पुग्दासम्म, मैले एसियन र इंग्लिस कन्डिसनमा मात्र खेलेको थिए। अस्ट्रेलियामा खेल्न मात्र बाँकी थियो। त्यहाँ खेल्ने एक मात्र तरिका थियो मलाई, जुन बिग ब्यास थियो। म मेरो आमाबाबुलाई गर्व महसुस गराउन चाहन्थे, सारा नेपाली र साथै आफुलाई पनि गौरवान्वित गराउन चाहन्थे। मैले यो सपना देखेको थिएँ र त्यसैमा बाँच्दैछु।

के लाग्छ, बिग ब्यास खेल्नाले तपाईलाई अझ सजिलो बनाएको हो ?

हो वास्तवमै, विभिन्न लिगमा खेल्नाले तपाईंलाई क्रिकेटरको रूपमा अगाडी बढ्न मद्दत गर्छ। अष्ट्रेलियामा खेल्न कुनै पनि देशमा खेल्न भन्दा फरक छ किनकि तपाई विकेटको बारेमा धेरै सावधान रहनुपर्छ।  ब्याट्सम्यानहरूले हरेक बलमामा छक्का हान्ने प्रयास गर्छन्। अनि एसियन कन्डिसनमा बलिङ गर्न सजिलो हुन्छ किनकि बल घुम्छ तर अस्ट्रेलियामा त्यो फाइदा मिल्दैन।

के कारण बंगलादेश प्रिमियर लिग खेल्न बिग-ब्यास छोड्नु भयो ?

बिग ब्यास ( BBL ) र बंगलादेश प्रिमियर लिग ( BPL ) सम्बन्धमा मेरो आफ्नै प्रतिबद्धता थियो। म १०-११ महिना अघि BPL खेल्न आबद्ध भएको थिए। मैले BPL मा आफ्नो प्रतिबद्धता बारे BBL लाई पहिलेनै जानकारी गराए कि म BPL को लागि आबद्ध भइसकेको छु त्यसकारण म यो मिति देखि त्यो मितिसम्म मात्र खेल्न पाउँछु। यदि तपाईले मलाई चाहनुहुन्छ भने, म आउनेछु र त्यो बीचमा बिग ब्यास खेल्नेछु। यो मैले BPL को लागि गरेको प्रतिबद्धता जस्तो थियो र सिल्हेट सिक्सर्सका प्रमुख कार्यकारी यासिर ओबैदले यसमा ठूलो भूमिका खेल्नुभयो। मेरो नैतिकता भन्छ कि म नाजुक अवस्थामा भएको बेला जो मेरो अगाडी आउछ त्यसैसंग हिंड।

Sandeep Lamichhane

तपाईं कसरी लेग-स्पिनर बन्नु भयो ?

म मेरो गृहनगरमा आफ्ना साथी-भाईहरु र मेरो घरको गल्ली वरपरका मानिसहरू सँग खेल्ने गर्थे। म मिडियम पेस र अफ-स्पिन गर्नेगर्थें। एक शब्दमा भन्दा म सबै खाले बलिङ गर्थे। तर कहिलेकाहीँ उनीहरूलाई आउट गर्न एकदमै मुस्किल हुन्थ्यो। त्यसपछि मैले तिनीहरूलाई कसरी आउट गर्ने र कसरी छक्याउने भनेर सोच्न थालें। मैले लेग स्पिनबाट सुरु गरें जसमा सबै जना संघर्ष गरेको देखें। म तिनीहरुलाई सजिलै छक्याउन सक्थे र त्यसरीनै सुरु भयो।

तपाईँले लेग स्पिन बलिंग सुरु गर्दा कुनै पनि बलरलाई पछ्याउनुभयो ?

जब मैले पहिलोपटक लेग स्पिन सुरू गरेँ, मैले कसैको पनि सिको गरिन किनकि घरमा टिभि थिएन। मैले रेडियोमा सबै उपलब्ध कमेन्ट्रि सुन्ने गर्थें। घरमा टिभि आएपछि, मैले शेन वार्नबाट केहि सिक्न थालें। बिस्तारै, मैले YouTube मा शेन वार्नको भिडियोहरू हेर्न थालें जसपछि सिक्न बढी सहज भयो।

माइकल क्लार्कले तपाईंलाई हङकङ टि-२० ब्लिट्जमा संगै खेलेपछि आस्ट्रेलियामा आफ्नो क्लब टोलीमा सहभागी हुन आग्रह गरे । तपाईंको क्यारियरमा उनको ( क्लार्कको ) कस्तो प्रभाव छ?

हो, वास्तवमै मेरो करियरमा उहाँको ठूलो प्रभाव छ किनकि नेपालको एउटा केटा जो सँग केहि थिएन, अहिले उ देशको प्रतिनिधित्व गरेर गौरवान्वित बनाईरहेको छ। उहाँले मलाई सिड्नीसम्म बोलाउनु भयो र म त्यहाँ उहाँकै क्लबबाट खेलें। नेपालबाट एकजना केटाले यी अवसरहरू निःशुल्क पाईरह्यो, प्रायोजकहरु मलाई प्रायोजन गरिरहेका छन् – यी सबै माईकल क्लार्क द्वारा सम्भव भयो। अष्ट्रेलियामा खेल्ने मौका पाउनु ठूलो उपलब्धि हो किनभने त्यहाँ गएर खेल्नु मेरो सपना थियो। गजब भयो।

तपाईंले त्यो पत्र ( क्लार्कको निम्तो ) पाउँदा कस्तो भयो ?
यो साञ्चै गजब थियो र आश्चर्यजनक पनि। त्यस्तो भएको थियो कि, के यो साँचो हो कि मलाई माइकल क्लार्कले बोलाउनु भएको छ ?। तर हङकङमा टि-२० ब्लिट्ज खेल्दै गर्दा मलाई केही संकेत भने दिनु भएको थियो। हामी बीच धेरै कुरा हुन्थ्यो। अन्तमा मैले खबर पाएँ, म साँच्चै खुसी र उत्साहित थिएँ।

Sandeep Lamichhane with Michael Clarke during Hong Kong T-20 Blitz

तपाईंले आईपीएलमा अन्तिमको ३ खेलहरु खेल्नु भयो। दिल्ली डेयरडेभिल्स क्याम्पमा तपाईंको अनुभव कस्तो रह्यो?

हो, म धेरै भाग्यशाली थिए त्यहाँ किनकि मेरो वारीपरि राम्रा व्यक्तिहरु थिए। त्यो निकै ठुलो प्रतियोगिता थियो। पहिले त्यो स्तरको कुनै प्रतियोगिता खेलेको थिईन, त्यस अघि एउटा पनि टि-२० खेलमा खेलेको थिइन । त्यो मेरो लागि गौरवको क्षण थियो र नेपालको लागि पनि। नेपालबाट एकजना केटो जसले आफ्नो देशलाई गौरवान्वित गराउदै विदेश गएर आईपीएल जस्तो ठूलो मन्चमा खेल्दै थियो। र मैले अन्तिम तिन खेलमा अवसर पाएँ र राम्रो पनि खेले। यो निकै ठूलो कुरा थियो।

उनीहरु अहिले दिल्ली क्यापिटल्सले आगामी संस्करणको लागि रिटेन गर्यो……

अब हामि राम्रो टिम बनेका छौं। अघिल्लो सिजनका गल्तिहरुलाइ कम गर्दै खुसि हुने कारण बन्नेछौं।

दिल्लीको क्याम्पमा रिकी पन्टिङसँग तपाइँको अन्तरक्रिया के हुन्थ्यो ?

आईपीएल दौरान मैले उहाँसँग धेरै विषयमा कुराहरु गरें। म  त्यस्तो मान्छे हुँ जो प्रत्येक दिन केहि नयाँ सिक्न खोजिरहेको हुन्छ। म क्रिकेटको सम्पूर्ण ज्ञानहरु लिन चाहन्छु किनकि जति तपाईले धेरै जनासंग धेरै कुरा सिक्नु हुन्छ त्यसले आफुबाट अझ राम्रो क्षमता निकाल्न सक्छ।

अहिले सिक्सर्समा नै भएका इमरान ताहिरबाट कुनै शिक्षा लिनुभएको छ ?

छ, उनि ठुलो खेलाडी र नम्र व्यक्ति हुन्। हामि एकै टिममा छौं। हामि समय मिल्ने बित्तीकै एकअर्का सँग कुरा गरिरहेका हुन्छौं र ज्ञानहरु बाँडिरहेका हुन्छौं।

अहिलेको आधुनिक समयमा, रिस्ट स्पिनर्सहरुले ठुलो सफलता प्राप्त गरिरहेका छन्। यसको पछाडीको कारण के होला ?

खास कारण त मलाई थाह छैन। जति लामो समय तपाईं ब्याट्सम्यान माथि हावी हुन चाहनुहुन्छ त्यति लामो समय तपाईं राम्रो ठाउँमा बलिङ् गर्न चाहनुहुन्छ। मलाई लाग्दैन तपाईलाई त्यसो गर्दा कुनै ब्याट्सम्यानले हान्न सक्छ। लेग स्पिन यस्तो हतियार हो, यदि ब्याट्सम्यानले फरक-फरक बल ( भेरीएसन ) पढ्न सकेन भने छल्न सकिन्छ। त्यही कारण हुनसक्छ पछिल्लो समय टि-२० क्रिकेटमा लेग स्पिनरहरुले धेरै आत्मविश्वास पाइरहेका छन्।

तपाईंको सफलताको सुत्र के हो जस्तो लाग्छ: स्पिड वा तपाईंसंग भएको भेरिएसन ?

दुवै कुरा। तर, अहिलेको समयमा स्पिड, किनकि करिब २ बर्ष अगाडी म केहि कम स्पिडमा बलिंग गर्ने गर्थें। त्यसपछि मैले अझ तिब्री गतिमा बलिङ गर्न थाले जसपछि फरक-फरक बलहरु बलिङ्गमा जोड्न थाले। त्यसैले म गति र भेरीएसन दुवै भन्न चाहन्छु।

के तपाईं विश्वास गर्नुहुन्छ राशिद खानले लेगस्पिन बलिंगमा नयाँ आयाम ल्याए? किनकि जब तपाईं आफ्नो आइडल, शेन वार्नलाई देख्नुहुन्छ, उनको बलिंगमा गति धेरै थिएन। उनि छुट्टै खालको बलर थिए। 

गर्छु, उनले वर्तमान पुस्तालाई पक्कै पनि असर पारेका छन्। मेरो बिचारमा सन् २००३ मा खेलिने क्रिकेट २०१९ मा भन्दा धेरै फरक थियो। त्यतिबेला कमै ब्याट्सम्यानले मात्र स्विप सट खेल्ने गर्थे त्यसैले ब्याट्सम्यानको खुट्टा बाहिर पनि बलिङ्ग गर्न सकिन्थ्यो। तर अहिले सबै ब्याट्सम्यान स्विप सट खेल्छन् त्यसैले तपाई धेरै चनाखो हुनु पर्छ र थोरै स्पिड पनि मिसाउनु पर्छ। र हो धेरै युवाहरु उनलाई ( रासिदलाई ) पछ्याईरहेका छन् त्यसैले उनले आफुप्रति गर्व महसुस गर्नुपर्छ।

नेपालमा तपाईँले पाउनु भएको ख्यातीमा कसरि रमाईरहनु भएको छ ?

हो, नेपालका मानिसहरू धेरै मायालु छन्। बंगलादेशमा अहिले मेरो वरपर धेरै पुलिसहरू छन् जुन अवस्था नेपालमा हुँदैन। नेपालमा अहिलेपनि म मेरो साथि र छिमेकीको लागि त्यहि पुरानो केटा जस्तै छु। एउटा फरक के आएको छ भने राजधानीमा म पहिले स्वतन्त्र भएर हिंड्न पाउथे, अहिले पाउँदिन।

तपाईंले सबैलाई समय दिन सक्नु हुन्छ किनकि तपाईंको व्यक्तिगत जिन्दगी पनि छ। तर जहिले पनि नेपाल पुग्छु म सकभर सबैसंग समय दिने प्रयास गर्छु किनकि म कसैलाई दुखी बनाउन चाहन्न।

क्रिकेट राष्ट्रको रूपमा नेपालको भविष्य कस्तो देख्नु हुन्छ ?

राम्रो प्रश्न। म ४ बर्ष अगाडीको कुरा बाट सुरु गर्न चाहन्छु, हामीले सन् २०१४ मा यहिं बंगलादेशमा टि२० विश्वकप खेल्यौँ। त्यसपछि नेपाली क्रिकेट अकस्मात हराएको जस्तो भयो। त्यहाँ धेरै कुराहरू भए। मलाई थाहा छैन के भयो र किन अहिले हामीसंग क्रिकेट बोर्ड छैन। जबदेखि मैले नेपालको लागि डेब्यु गरें तबदेखि बोर्ड आइसीसीको निलम्बनमा छ। आशा छ कि सबैकुरा छिट्टै समाधान हुनेछ। यदि हामीले राम्रो घरेलू संरचना पायौं भने, हामी प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं।

यदि कुनै क्रिकेट बोर्ड छैन भने युवा खेलाडीहरूले पक्कै नआएको हुनुपर्छ, हो ? साना खेलाडीहरूलाई विकास गर्ने गराउने कुनै पहल भएको छैन ?

हामीले कर्पोरेट क्षेत्रबाट आयोजित केहि लिगहरु खेल्न पाएका छौं। ति लिगहरुले क्रिकेटको बिकास गर्न सहयोग गर्दैछन्। हामीसंग अहिले ईपिएल, डिपिएल र पिपिएल जस्ता थुप्रै लिगहरु छन्।

तर सबै कुरा चल्न क्रिकेट बोर्ड चाहिन्छ नि……

हो, एकदमै। बोर्ड भयो भने क्रिकेट तिरमात्रै ध्यान दिन सहज हुन्छ। तर अहिलेको अवस्थामा खेलाडीले क्रिकेट बोर्ड, टोली, आफ्नो राष्ट्रको बारेमा चिन्ता गर्नुपरेको छ। र त्यसपछि आफ्नै अस्तित्वको बारेमा चिन्ता गर्नुपरेको छ।

तपाइँ आफ्नो ठाउँमा चर्चित गायक पनि हुनुहुँदो रहेछ, कतै क्रिकेटमा लागेर पछुतो त लागेको छैन ?

लागेको छैन, म यसको बारेमा कहिलेकाहीं मात्रै सोच्ने गर्छु किनकि यो मेरो शोख मात्र हो।

( सन्दिप पौडेल र मनोज घिमिरेद्वारा अनुवादित )





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]