“आइपीएल भन्दा डिभिजन-२ को तयारीमा फोकस छु” – सन्दिप लामिछाने : अन्तर्वार्ता

Sandeep Lamichhane on IPL 2018 Auction
  • विकेटनेपाल, माघ ८- सोमबार 

बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आइपीएल खेल्न १ खुड्किलो तल रहेका सन्दिप लामिछाने यतिबेला चर्चाको शिखरमा छन्। जनवरी २७-२८ मा आयोजना हुने आइपीएल अक्सनलेनै नेपाली शेन वार्नको भाग्य निर्धारण गर्नेछ तर नेपाली समर्थकहरुको उत्साह भने अक्सन सुरुहुनु अघिनै उत्कर्षमा  पुगीसकेको छ। नेपाली क्रिकेट टिमको भबिस्यको लागि महत्वपूर्ण प्रतियोगिता आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को तयारीमा यतिबेला नेपाली क्रिकेट टिमसंगै सन्दिप पनि ब्यस्त छन्। 

किर्तिपुर त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यासरत सन्दिपसंग विकेटनेपालले गरेको एक्सक्लुसिभ कुराकानी – 

आइपीएल अक्सनको सुचीमा नाम आउदा कस्तो महसुस गर्दैहुनुहुन्छ ?

म जस्तो महसुस गर्दैछु समस्त नेपालीहरु पनि यस्तै महसुस गर्दैहुनुहुन्छ किनभने गर्वको बेला हो यस्तो ठुलो लिगको अक्सनमा नाम हुनु। एउटा सुरुवात हो, अहिले त्यसलाई मैले त्यति धेरै पनि फोकस गरेको छैन। अहिले हामि डिभिजन-२ को तयारीमा छौ त्यसैको तयारीमा धेरैनै फोकस छु म, आइपीएल भन्दा। एउटा राम्रो अवसर हो, यदी मैले आईपिएल खेल्न पाए भने समस्त नेपालीलाइ गौरबको कुरा हुन्छ। यदी मैले त्यहाँ खेल्ने मौका पाए र कुनै खेलमा राम्रो प्रदर्शन गर्न पाए भने म लगायत नेपाली क्रिकेट टिमको खेलाडीलाई खुसि पनि लाग्छ र वहाँहरुलाई पनि आउदो खेलमा आश चैं बढ्छ।

यो भन्दा अघि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगमा पनि ड्राफ्टमा पर्नु भएको थियो, कस्तो प्रक्रिया हुँदोरहेछ अक्सनसम्म पुग्नलाई ?

त्यति बेला मैले आफ्नो एजेन्टमार्फत नाम पठाएको थिए बिपीएल र पीएसएलमा। यति बेला चै एजेन्ट ब्यस्त हुनाले अलि प्रयास एजेन्टको पनि र टिम म्यानेजमेन्ट भावना म्याडम ( भावना घिमिरे , क्यान पुर्व सीईओ ) वहाँ सबैले मिलेर आफ्नो प्रयासले गर्दा अहिले अक्सनमा नाम छ।

एसोसीएट रास्ट्रबाट थोरै खेलाडी मात्रै छनौट भएका छन् त्यसमा यति धेरै एसोसीएट खेलाडीहरुको प्रतिनिधित्व गर्न पाउदा चै कस्तो महसुस भएको छ ?

एउटा गर्व महसुस हुन्छ। एकदम गार्हो हुन्छ त्यहाँसम्म पुग्न, धेरै राम्रो खेलाडीहरु पनि त्यो ५७८ जनाको लिस्टमा नाम छैन। आफुलाई भाग्यमानी ठान्छु किनकि त्यहाँसम्म नाम पुग्नु ठुलो कुरा हो।

यहाँसम्म छानिनुमा तपाईमा के कुराले सहयोगी भूमिका खेलेको जस्तो लाग्छ ? 

पछिल्लो २ बर्ष देखि अन्तर्राष्ट्रिय खेल खेलीराको छु, राम्रो प्रदर्शन भैराको छ। एउटा-दुईवटा खेलमा तलमाथि भाको छ त्यो त राम्रो हुँदाहुँदै भैहाल्छ। त्यही खेलहरुले गर्दा त्यही निरन्तरताले होला।

Sandeep Lamichhane bowling
डिभिजन-२ तयारीको क्रममा बलिंग गर्दै सन्दिप

पहिलो पटकको अक्सन लिस्टमा तपाईको नाम थिएन,फ़्रेन्चाइजले पहल गरेपछि दोश्रो लिस्टमा आयो, कुन टिमले पहल गरेको हुनसक्छ थाहा छ ? 

खै त्यो त मलाई पनि थाहा भएन, अस्ति रजिस्ट्रेसन फर्म आएको थियो त्यसमा साइन गर्न गएको थिए, होला कुनै फ़्रेन्चाइज्ले पहल गरेको होला।

लेग स्पिनर ट्रेन्ड फेरी फर्किएको छ, बिग ब्यासमा रासिद खान लगायत लेग स्पिनरहरु सफल भएका छन् । त्यो ट्रेन्डले गर्दा आइपीएल टिमले पनि लिन्छ होला भन्नेमा कतिको आशावादी हुनुहुन्छ ? 

क्रिकेट हो, फन्नी गेम। अब आफुले जस्तो भए पनि प्रदर्शन गर्नु पर्छ, खेल्नुपर्छ त्यहाँ गएर। जस्तो खेलाडी भए पनि,लेग स्पिनर मात्रै हैन सबै खेलाडी जति पनि फास्ट बलर, लेफ्ट आर्म स्पिनर सबैले मेहनत गर्नु पर्छ, योगदान टिमको लागि दिनुपर्छ।

बिग ब्यास खेल्छु भन्नुहुन्थ्यो, त्यही ड्रिम थियो तर आइपिएलको अक्सन सुचीमा पर्नु भएको छ। कुन टिमबाट खेल्न पाए हुन्थ्यो भन्ने लाग्छ ? 

छैन, त्यस्तो कहिले पनि मनमा आएन। त्यहाँ खेल्न पाए पनि एकदम ठुलो कुरा हुन्छ, अब जुन पनि टिममा आफुले चान्स पायो त्यो चै डान्स गर्ने मौका हुन्छ।

आइपीएलमा कुन टिम मन पर्छ, कसलाई समर्थन गर्नुहुन्छ ?

सपोर्ट सबैलाइ गर्छु तर अलि बेसीचै मुम्बई इन्डियन्सलाई।

मुम्बई इन्डियन्सको मनपर्ने खेलाडी ?

पहिलो संस्करण देखिनै सचिन तेन्दुलकर मेरो आफ्नो प्रिय खेलाडी, वहाँ मुम्बईबाट खेल्नु हुन्थ्यो त्यसले गर्दाचै समर्थन गर्छु मुम्बई इन्डियन्सलाई।

कतिको मुस्किल अक्सनबाट नेपाली खेलाडीलाई लिने ? नेपाली खेलाडीलाई त्यति हेरिएको हुँदैन, तपाईलाई यु-१९ बिश्वकपको प्रदर्शनले पनि सहयोग गर्यो, कति आशावादी हुन सकिन्छ नेपाली खेलाडीलाई लिन्छन् भन्नेमा ? 

कति राम्रो खेलाडीको नाम पनि ५७८ नम्बरमा छैन, हुन सक्छ लिन पनि सक्ला, नलिना पनि सक्ला। अब त्यो चै अर्को कुरा हो, त्यही हो कि त्यहाँसम्म स्टेप स्टेपमा हरेक पाइला राम्रो चल्नु पर्यो।

 

कस्तो प्रतिक्रिया आयो , क-कसले बधाई दिए सुचीमा नाम आएपछि ? 

धेरैले बधाई दिनु भयो, गायक कलाकार सबैले बधाई दिनु भयो किनकि, गौरबको कुरा हो नेपालीको लागि।

मोंटी देसाई जो राजस्थान रोयल्सको प्रशिक्षक रहीसक्नु भएको छ, नेपाली यू-१९ टिमको ब्याटिंग कन्सल्टेन्ट हुनुहुन्थ्यो, वहाँको पहल वा सहयोग केहि छ ? 

थाहा छैन त्यो बारेमा त, हार्मो टिम म्यानेजमेन्टकोको प्रयास हो।

लेग स्पिनमा कसलाई अहिले आदर्श बलर मान्नु हुन्छ ? कसलाई पछ्याउने गर्नुहुन्छ ? 

म आफ्नो बेसिकमा ध्यान दिईरहेको छु र आफ्नो स्पिडमा काम गर्दैछु किनभने गेम चेन्ज भएको छ क्रिकेट, त्यसले गर्दा इकोनोमिक पनि हुने र विकेट आयो भने धेरै राम्रो त्यसमै बेसी काम गरिरहेको छु अहिले।

के भन्नु हुन्छ फ्यानहरुलाई ? फ्यानहरु आइपीएलनै खेल्न लाग्नु भए जसरि खुसि भएका छन् –  

धेरैको म्यासेजहरु प्राप्त गरे माफ गर्नु होला धेरैलाई रिप्लाई गर्न मिलेन। वहाँहरुको माया मसंग छ, यति सानो समयमा यति माया पाउनु, त्यही भन्न चाहन्छु यस्तै माया गर्नु होला।

अस्ट्रेलियामा के छ सम्भावना फेरी जाने ? 

अस्ट्रेलिया जान अहिले पनि लेटर आएको थियो तर हाम्रो अन्तर्राष्ट्रिय तालिका बिजी भयो, हाम्रो सेप्टेम्बर देखि फेब्रुअरीसम्म गेम थियो त्यहाँ पनि त्यस्तै हुँदा तालिका मिलेन।

माइकल क्लार्कले केहि प्रतिक्रिया दिनु भयो छनौट भएपछि ? 

बधाई दिनु भएको थियो नाम परेकोमा र राम्रो गर्दै जाने भन्नु भएको थियो। व्हाट्सयापमा म्यासेज गर्नु भयो।

नेपाली क्रिकेटको लागि महत्वपूर्ण प्रतियोगिता डिभिजन-२ को तयारी कसरी गर्नु भएको छ ? 

एकदम नजिकै आईसकेको छ गेम, जति हुन सक्छ त्यहाँको ( नामिबिया ) को कन्डिसनमा ढल्ने कोशिस गर्दै छौ। जति हुन सक्छ फ्ल्याट विकेटमा खेलिरहेका छौ जहाँ कम टर्न हुन्छ विकेट, ब्याट्सम्यानहरुले पनि राम्रो स्कोर गरिरहेका छन्, राम्रो टचमा देखिएका छन्। आशा छ हामि यो टाइटल जित्छौ।

डिभिजन-२ मा तपाईको रोल कति महत्वपूर्ण छ ? 

महत्वपूर्ण हुन्छ रोल हरेक प्लेयरको किनभने योगदान हो सबैको। मैले च्यापे भने सायद अरुले विकेट लिंदाचै म भन्दा बढी खुसि अरु कोहि हुँदैन होला। साझेदारीको कुरा हुन्छ क्रिकेटमा, जसरि ब्याटिंग र बलिंगमा पनि हुन्छ। मेरो त्यही हो कि अब जति हुन सक्छ इकोनिमीक हुने र विकेट आयो भने त्यो राम्रो।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]