अन्तिम खेलमा सन्दिप महँगो साबित बनेपनि प्याट्रीयट्स बिजयी : सिपिएल

  • विकेटनेपाल – १० भदौ, आइतवार

क्यारेबियन प्रिमियर लिग टि-२० मा उत्कृस्ट लयमा देखिएका सन्दिप लामिछाने आफ्नो अन्तिम खेलमा भने महँगो साबित भएका छन्। आइतवार बिहान सम्पन्न खेलमा सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले जेसन होल्डर कप्तानीको बार्बाडोस ट्रिडेन्टसलाई ६ विकेटले पराजित गर्दा सन्दिपले भने आफ्नो ४ ओभरको स्पेलमा बिना विकेट ४३ रन  खर्चिए।

टस जितेर पहिले बलिंग गरेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले कसिलो बलिंग गर्दै ट्रिडेन्टसलाई १४७ रनमा रोक्न ६ विकेट लिएको थियो। ट्रिडेन्टसको इनिंगमा तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका कप्तान जेसन होल्डरले आफ्नो टि-२० करियरको पहिलो अर्ध- शतक प्रहार गर्ने क्रममा ५१ रनको पारी खेलेका थिए। होल्डरले ४ चौका र ३ छक्का प्रहार गरे। बलिंग तर्फ बेन कट्टीन्ग र एन्टोन् डेभिसिचले समान २-२ चट्काएका थिए।

जवाफमा १४८ रनको लक्ष्य प्याट्रीयट्सले १८.५ ओभरमा ४ विकेट गुमाउंदै पुरा गर्यो। उसको जितमा ब्रेण्डन किंगले सर्वाधिक ६० रन जोडेभने डेभोन् थोमसले व्यक्तिगत ३२ रनको योगदान गरे। बार्बाडोसको बलिंग तर्फ २०-ट्वान्टी क्रिकेटकै सबैभन्दा किफायती बलिंग गरेका मोहम्मद इरफानले आफ्नो ४ ओभरमा ३ मेडन सहित १ रन खर्चिएर २ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन।

यस्तो रह्यो सन्दिपको ४ ओभर :

क्यारेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो अन्तिम खेल खेलेका नेपाली “गुग्ली बोई” सन्दिप लामिछाने अन्तिम खेलमा महँगो साबित भए। आफ्नो ४ ओभरको स्पेलमा उनले ४३ रन खर्चिंदा कुनै विकेट लिन सकेनन्। 

इनिंगको छैठौँ ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले सो ओभरमा ८ रन खर्चिए। ओपनर ब्याट्सम्यान ड्वेन स्मिथले सन्दिपको ओभरको पाँचौ बललाई स्विप सट खेल्दै ४ रन प्रहार गरेका थिए। त्यसपश्चात ९ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिंग गर्न आएका सन्दिपले सो ओभरमा ७ रन खर्चिंदा, ओभरको अन्तिम बलमा होल्डरले सन्दिपको बललाई मिड-विकेटमाथि बाट ६ रनको लागि प्रहार गरेका थिए।

पहिलो दुई ओभरमा १५ रन खर्चिएका सन्दिपले टोलीको १२औं ओभर बलिंग गर्दै सो ओभरमा १७ रन खर्चिएका थिए। सो ओभरमा शे होपले सन्दिपलाई एक चौका र एक छक्काको लागि प्रहार गर्दा होल्डरले समेत १ चौका प्रहार गरेका थिए। आफ्नो कोटाको अन्तिम ओभर गर्न इनिंगको १६ औं ओभरमा आएका सन्दिप पुन: महँगो साबित हुँदै ११ रन खर्चिए। ओभरको ५औं बलमा शे होपले लंग अनको माथिबाट छक्का प्रहार गरेपनि अन्तिम बलमा सन्दिपले विकेट लिने मौका गुमाएका थिए। शे होपले प्रहार गरेको सट क्याच आउट हुनबाट जोगिंदा सन्दिपले विकेटको मौका गुमाएका हुन्।

पहिलो ओभर – 1 1 0 1 4 1

दोस्रो ओभर – 1 0 1L 0 0 6

तेस्रो ओभर – 4 1 1 1 4 6

चौथो ओभर – 0 1 2 1 6 1

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]