सन्दिपको डेब्युमा राम्रो प्रदर्शन, कोहली-डी भिल्लियर्सको साझेदारीमा बेंगलोरको जित

  • विकेटनेपाल, बैशाख २९ – शनिबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तरर्गत दिल्ली डेयरडेभिल्स र रोयल च्यालेंजर्स बैंगलोर बिचको खेलमा बैंगलोरले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ ।

दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको बेंगलोरले कप्तान विराट कोहली र एबी डी भिल्लियर्सको ११८ रनको साझेदारीमा १ ओभर अगावै जित हात पार्यो । खेलको दोश्रो ओभरमा पृथ्वी शलाई ट्रेन्ट बोल्ट र पार्थिव पटेललाई नेपाली युवा   खेलाडी सन्दिप लामिछानेले आउट गरेपछि पारि सम्हाल्ने क्रममा  कोहलीले ७० रन (४० बल, ७ चौका, ३ छक्का) र एबीले अविजित ७२ रन (३७ बल, ४ चौका, ६ छक्का) बनाएका थिए ।

कोहली चौधौं ओभरको दोश्रो बलमा आउट भएपछी केहि लड़खाडाएको पारिलाई डी भिल्लियर्सले अविजित रहँदै सम्हाले र अन्तिममा छक्का प्रहार गर्दै जित दिलाए । बेंगलोरका मन्दिप सिंहले १३ र सरफराज खानले ११ रन बनाए ।

दिल्लीका लागि आइपिएलमा डेब्यु गरेका सन्दिप लामिछानेले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिए भने ट्रेन्ट बोल्टले ४० रन खर्चेर २ विकेट, हर्षल पटेलले ५१ रन तथा अमित मिश्रले ३३ रन खर्चेर समान १/१ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन जोडेको थियो । उसको इनिंगमा रिशब पन्तले उत्कृस्ट ब्याटिंग गर्दै ६१ रन जोडेका थिए ।

ओपनर द्वय जेसन रोए र पृथ्वी श लाई सस्तैमा गुमाएपछि कुनै समय १६/२ को अवस्थामा रहेको दिल्लीको इनिंगमा रिशब पन्त पुनः एकपटक नायक बनेका थिए । जेसन र रोए र पृथ्वी सः क्रमश १२ र २ रन बनाउंदै पभेलीयन फर्किए पछि दिल्ली समस्यामा देखिएको थियो । तर रिशभ पन्तले ३४ बलमा ५ चौका र ४ छक्का सहित ६१ रन जोड्दै दिल्लीलाई ठुलो स्कोर तर्फ लागेका थिए ।

६१ रन बनाएर पन्त आउटहुँदा दिल्लीको स्कोर १०९/३ रहेको थियो । तर डेब्यु गरिरहेका खेलाडी अभिषेक शर्माले १९ बलमा अविजित ४६ रन जोड्दै दिल्लीलाई १८१ रनसम्म पुर्याएका थिए । शर्माले १९ बलमा ३ चौका र ४ छक्का प्राहार गरेका थिए ।

बैंगलोरको बलिंगमा युजभेन्द्र चहलले २ विकेट लिएका थिए । यस्तै मोइन अलि र मोहम्मद सिराजको नाममा समान १-१ विकेट रह्यो ।

आइपिएलमा सन्दिपको डेब्यु

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा डेब्यु गरेका छन् ।

इन्डियन प्रिमियर लिगको एघारौँ संस्करण अन्तर्गतको ४५ औं खेलमा १७ बर्षीय लामिछानेले दिल्ली डेयरडेविल्सको तर्फबाट भारतीय टिमका समेत कप्तान रहेका विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बेंगलोरबिरुद्द डेब्यु गरेका हुन् ।

सन्दिपले इनिंग सुरुवात गर्नेक्रममा पहिलो ओभर बलिंग गर्दै मात्र २ रन खर्चिएका थिए भने दोश्रो ओभरमा एक चौका खर्चेका उनले त्यसपछिको बलमा पार्थिव पटेललाई एलबिडब्ल्यु धरापमा पार्दै आफ्नो पहिलो आइपिएल विकेट लिएका हुन् ।  ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिनेक्रममा त्यसपछि विराट कोहली र एबी डी भिल्लियर्सलाई पनि सम्हालेर बलिंग गरेका थिए ।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]