सन्जम रेग्मी र संसाद शेखले ९ विकेट लिँदा प्रदेश २ विजयी

  • विकेटनेपाल, जेठ १५ – मंगलबार

काठमाण्डौमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन मुलपानीमा भएको खेलमा प्रदेश नम्बर २ ले प्रदेश नम्बर ४ लाई ६७ रनले पराजित गरेको छ । (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर २ ले खराब ब्याटिंगका बाबजुत अतिरिक्त ४१ रन पाउँदै ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १५८ रनमात्र बनाउन सकेको थियो । उसका लागि बिशाल सुश्लिंगले सर्बाधिक २६ रन बनाएका थिए ।

बलिंगतर्फ प्रदेश नम्बर ४ का लागि बिपिन खत्री र हरि चौहानले समान ३/३ विकेट लिन क्रमशः १७ र २४ रन खर्चिए भने अमित गुरुङ, गोविन्द प्रधान र राजु गुरुङले समान १/१ विकेट लिए ।

Sanjam Regmi
(फोटो: फाइल)

जवाफमा लक्ष्य पछ्याएको प्रदेश नम्बर ४ ले २८.५ ओभरमा ९१ रन बनाउँदै सबै विकेट गुमायो । कुनै समय ७७ रनमा ४ विकेट गुमाएर जितको लागि अग्रसर रहेको प्रदेश ४ को ब्याटिंगलाई धरासायी बनाउन नेपालका भेट्रान तथा पुर्व सशस्त्र प्रहरी बल (एपीएफ) का क्रिकेटर सन्जम रेग्मीले त्यसपछि लगातार २ वटा डबल-विकेट-मेडन-ओभर गरेका थिए । प्रदेश ४ का लागि अनिल गुरुङले ३६ रन सुमा घिमिरेले ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

प्रदेश नम्बर २ को जितमा सन्जम रेग्मीले ५ विकेट लिनेक्रममा १० ओभरमा ३ मेडन सहित १६ रन र संसाद शेखले ४ विकेट लिनेक्रममा ७.५ ओभरमा ३ मेडन सहित २० रन खर्चिए । १ विकेट मेहबुब आलमको नाममा रह्यो ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]