सप्तरी प्रिमियर लिगको उपाधि तिरहुट टाइगर्सलाई 

तिरहुट टाइगर्स छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।

सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहुट टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्यो।

तिरहुट टाइगर्सले दिएको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रनमा सबै विकेट गुमायो।

छिन्नमस्ताको लागि बिशाल पटेलले सर्वाधिक १४, मयन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। राष्ट्रिय क्रिकेटर भिम शार्की उसका ४ जना ब्याटरले खाता समेत खोल्न सकेनन्।

तिरहुटको बलिंगमा देब्रे हाते स्पिनर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २५ रन खर्चिए। यस्तै प्लेयर अफ द म्याच घोषित कप्तान अनिल यादवले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए। बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको तिरहुट टाइगर्सले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो।

तिरहुटको लागि भोला कुमार साहले सर्वाधिक २९ रन योगदान दिए। बसिर अहमदले १८ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरए दोहोरो अंकमा रन बनाउन सकेनन्।

छिन्नमस्ताको बलिंगमा बिशाल पटेल, फिर्दोश अन्सारी, गुनानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए।

उपाधि सहित तिरहुट टाइगर्सले ३ लाख रुपैयाँ हात पार्यो। उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ पायो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी तिरहुट टाइगर्सका बसिर अहमद घोषित भए जसले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट पनि लिए। यस्तै उत्कृस्ट बलर छिन्नमस्ता लायन्सका बिशाल पटेल घोषित भए जसले ७ खेलमा १५ विकेट लिए। उत्कृस्ट ब्याटर कन्चनरुप राइनोजका शुभ कंसकार घोषित भए जसले ७ खेलमा २९७ रन बनाए। यस्तै उदयमान खेलाडी छिन्नमस्ता लायन्सका मोहम्मद सोहेल खान घोषित भए जसले ७ खेलमा १२ विकेट लिए। फाइनल खेलको प्लेयर अफ द म्याच तिरहुट टाइगर्सका कप्तान अनिल कुमार यादव घोषित भए। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृस्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जय नारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिध्यानन्द चौधरी, तिरुहट गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघ अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भयो।

सप्तरी क्रिकेट संघको आयोजनामा एघार दिन चलेको प्रतियोगितामा सप्तरी जिल्लाका ६ वटा स्थानीय तहका टिमहरु सहभागी रहेका थिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]