पाँचपोखरी : सार्थकको अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लब विजयी

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा फागुन २७ गते शनिबारबाट सुरु भएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको दोश्रो दिन ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लवले जित हासिल गरेका छन् ।

काठमाण्डौको मूलपानी अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालामा संचालित प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा टस जितेर बलिङ गरेको हेल्मो ११ ले क्रिकेट क्लब बाह्बिसे लाई ८ विकेटले पराजित गरेको हो । निर्धारीत २० ओभरमा बाह्विसेले दिएको ७२ रनको विजयी लक्ष्य उसले २ विकेटको क्षतिमा पुरा गर्यो। खेलको म्यान अफ दि म्याच हेल्मो ११ का फुर्वा शेर्पा घोषित भए उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।

यस्तै आजनै भएको दोश्रो खेलमा चौतारा सांगाचोकगढीलाई ५० रनले पराजित गर्दै पाँचपोखरी क्रिकेट क्लब विजयी भएको छ ।

टस जितेर ब्याटिङ गरेको उसले निर्धारीत ९ विकेटको क्षतिमा १४२ रनको चुनौतिपुर्ण लक्ष्य खडा गरेको थियो । १४३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको चौतारा साँगाचोकगढी ९२ रनमा समेटिएको थियो । खेलको म्यान अफ दी म्याच पाँचपोखरी क्रिकेट क्लबका क्यापटेन सार्थक धिताल घोषित भए उनले १४ बलमा दुई छक्का र चार चौकाको मद्धतमा ३० रन बनाउनुका साथै दुई महत्वपुर्ण विकेट लिएका थिए ।

चैत ३ गते सम्म संचालन हुने प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेकोछ ।

प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]