शशिकान्त-सकुन्तला बर्मा टि–२० को सेमीफाइनल समीकरण पुरा

krishna karki

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगितामा बुधबार भएको समूह ‘सि’ को पहिलो खेलमा एपेक्स क्रिकेट क्लब शंकरनगरलाई बुम एमसिसी भैरहवाले ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेस गरेको छ ।

एपेक्सबाट जितका लागि पाएको ५९ रनको सामान्य चुनौतीलाई पछ्याउने क्रममा एमसिसीले १५ ओभर २ बलमा लक्ष्य भेटाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । उसका लागि तुलाराम थापाले सर्वाधिक १६ रन बनाए भने आनन्द गौडले १४ रन बनाए । एपेक्सका रविन्द्र साहीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपेक्स एमसिसीका अगाडि धरासायी हुँदै १६ ओभर २ बलमा ५८ रन बनाई अलआउट भयो । उसका लागि रविन्दै शाहीले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । एमसिसीका तुलाराम थापा २ विकेट लिँदै खेलको म्यान अफ द म्याच घोषित भए ।

सोही मैदानमा सम्पन्न समूह ‘डि’ को अर्को खेलमा श्री शिवशक्ति क्रिकेट क्लब भैरहवाले प्रोफेसनल मास्टर्स ११ भैरहवालाई १० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको शिवशक्तिले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २८ रनको योगफल बनाएको थियो । उसका लागि कृष्ण कार्कीले सर्वाधिक ३९ रन बनाए भने दीपचन शर्माले २१ रन बनाए । बलिङमा मास्टर्सका शरद रायले ४ तथा सिद्धान्तराज शाहीले २ विकेट लिए ।

जितका लागि १ सय २९ रनको लक्षयसहित मैदान छिरेको मास्टर्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ जोडेर १० रनको अन्तरले पराजित भयो । उसका लागि सिद्धान्तराज शाहीले ४२, बादल छन्त्यालले १८ र अनुपम सिंहले १७ रन बनाए । शिवशक्तिका विष्णु कटरियाले ३ र अख्तर हुसेनले २ विकेट लिए । खेलको म्यान अफ द म्याच शिवशक्तिका कृष्ण कार्की घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत बिहीबारदेखि सेमिफाइनलका खेल सुरु हुँदै छ । पहिलो खेल बुम एमसिसी भैरहवा र लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया तथा दोस्रो खेल वेष्टर्न क्रिकेट क्लब बुटवल र न्यू होराइजन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५÷५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक दिनको म्यान अफ द म्याचले रु. एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ ।
प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्मा अन्सु बर्मा र अल्क बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]