सरकारको नीति तथा कार्यक्रम : फाप्ला र गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम पूरा गर्ने

नेपाल सरकारले सातवटै प्रदेशमा सुविधासम्पन्न दशरथ रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा खेलकुदतर्फ सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने उल्लेख गर्नुभएको हो ।

कार्यक्रममा सरकारले आगामी आर्थिक बर्षमा एउटा प्रदेशमा एउटा प्रशिक्षण केन्द्रसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्दै लैजाने उल्लेख छ । सरकारले नीति तथा कार्यक्रममा चितवनको गैडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम बनाउने, सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने र हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने कार्यलाई पनि समेटेको छ ।

सरकारको नीति तथा कार्यक्रममा खेलाडीलाई पुरस्कार, भत्ता र विमाको ब्यवस्था गरिने, फाप्ला क्रिकेट स्डेडियम निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकि काम पूरा गर्ने र प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने पनि उल्लेख छ ।

यसैगरी आगामी वर्ष नेपालमा साहसिक तथा पर्वतीय खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, हरेक स्थानीय तहमा खेलग्राम निर्माण गरिने योजनालाई निरन्तरता दिइने, खेलाडीको क्षमता अभिबृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता र प्रशिक्षणको ब्यवस्था गरिने, हरेक नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक ब्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने कार्यक्रममा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

( साभार – गोरखापत्र )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]