सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसन

लुम्बिनी, कात्तिक २७

सत्यजित सरकारको नेतृत्वमा क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपालको कार्यसमिति चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न एसोसिएसनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचत भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक (समिर खान) ले २२ मत प्राप्त गरेका थिए ।

क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनको चारवर्षे कार्यकाल रहने छ । लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे । सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत प्राप्त गरे ।

तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । कोषाध्यक्षमा हिमालराज गिरी निर्वाचित भए । सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चुनिएका छन् । महिला सदस्यमा सुनीता नेपाली चुनिइन् ।
क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपाल यसअघि तदर्थ समितिमा रहेको थियो । बुद्धिबहादुर प्रधान तदर्थ समितिका अध्यक्ष थिए । दुईदिने साधरणसभा र अधिवेधनबाट सरकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]