एलपीएल : सत्यवती एकेडेमी  सेमीफाइनलमा

सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘डी’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। यस अघि समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी, समुह ‘बि’ बाट युथ अफ टिकापुर सेमीफाइनल प्रवेश गरिसकेका छन्।

आज फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो। स्कोरकार्ड 

सत्यवती एकेडेमीले दिएको १२७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९.१ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो।

एक्सिलेन्स सेन्टरको ब्याटिंगमा अर्जुन घर्तिले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राज कुमार शाहले १३ रन बनाए।

सत्यवती एकेडेमीको बलिंगमा फिर्दोश अन्सारी र तृत राज दासले २/२ विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्‍जित क्कुमार र सन्दिप क्षेत्रीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो।

सत्यवतीको लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए। ओपनिंग गरेका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। इमरान शेख र सुजन गौतमले समान २१ रन बनाए।

क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले १/१ विकेट लिए।

लिटल फ्लावरको सान्त्वना जित  

यस अघि दिनको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो। जितको बाबजुद समुह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमीफाइनल प्रवेश गर्न असफल रह्यो। तिन वटै खेलमा जितको साथ समुह ‘सी’ को विजेताको रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेको छ।

स्कोरकार्ड 

लिटल फ्लावरले दिएको १३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो। गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १० रन खर्चिए। बिपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले २/२ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको लिटल फ्लावर स्कुलले २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो।

लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए। अभिषेक पालले २९, अनिल रावतले १४ तथा बिपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए।

गरुडा नगरपालिकाको बलिंगमा रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स बीच तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमी बीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]