खनालको कमाल दोहोरिंदा पश्चिमाञ्चलको जित

saurav khanal
  • विकेटनेपाल, १७ जेठ

सौरभ खनालले आफ्नो उत्कृस्ट लय दोहोर्याए पछि शरद भेसावकर कप्तानीको मध्यमाञ्चल विकास क्षेत्र टिमलाई पश्चिमाञ्चलले ९५ रनको भारि अन्तरले पराजित गरेको छ l ( स्कोरकार्ड )

टस हारेर टीयु मैदानमा ब्याटिंग गरेको पश्चिमाञ्चलले सौरभ खनालको ७८ रन मदतले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट नोक्सानीमा २०२ रन बनायो l ८७ रनको स्कोरमा पहिलो ५ विकेट गुमाएपछि ब्याटिंग गर्न आएका सौरभले पुनः विस्फोटक ब्याटिंग प्रदर्शन गरे l

६ छक्का र ३ चौका प्रहार गरेका सौरभले मात्र ५८ बलको सामना गर्दै अन्तिम सम्म विकेटमा जमेका थिए l हिजो सम्पन्न खेलमा खनालले ९० रन बनाएका थिए जुन क्रममा एपीएफ बिरुद्ध उनले ११ छक्का र ३ चौका प्रहार गरेका थिए l

खनाल बाहेक पश्चिमाञ्चल कप्तान अन्तिम थापाले ३४ तथा ओपनर अनिल गुरुङले २८ रनको योगदान दिए l मध्यमाञ्चल बलर किशोर महतोले ३ तथा नन्दन यादबले २ विकेट हात पारे l

प्रतिउत्तरमा मध्यमाञ्चलले ४०.३ ओभरमा १०७ रनमै सम्पूर्ण विकेट गुमायो l ओपनर इशान पाण्डेको २४ रननै सर्बाधिक रन बन्दा शरद भेसावकर ( ७ ) , भुपेन्द्र थापा ( ६ ) , हरिशंकर शाह ( ३ ) , सुमित महर्जन ( १० ) , हसिम अन्सारी ( २ ) , सोनु तामांग ( १ ) विकेटमा जम्न सकेनन् l

देब्रेहाते स्पिनर लाल बहादुर अधिकारीले ३ विकेट हात पार्दा १० ओभरमा ३ मेडन ओभर सहित मात्र २१ रन खर्चिए l  यस्तै रोहित पौडेलले ३ विकेट लिंदा ४.३ ओभरमा १ मेडन ओभर सहित १० रन मात्र खर्चिए l बिपिन खत्रीले २ विकेट लिए l

खेलको म्यान अफ द म्याच सौरभ खनाल चुनिए l

समुह ‘ए’ को अंकतालिकामा २ खेलमा १ जित र १ हार सहित २ अंक बटुल्दै पश्चिमाञ्चल अग्रस्थानमा छ भने २ अंक सहित नेट रन रेटमा पछि पर्दै एपीएफ दोश्रो स्थानमा छ l मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल दोश्रो र तेश्रो स्थानमा रहेको छ l

हेर्नुस अंकतालिका  , खेल तालिका 

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]