रोमान्चक खेलमा स्कटल्याण्डद्वारा ओमान २ विकेटले पराजित

रोमान्चक खेलमा ओमानलाई २ विकेटले पराजित गर्दै स्कटल्याण्डले युएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको सबै ४ खेलमा जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ओमानले दिएको २२६ रनको लक्ष्य स्कटल्याण्डले १ बल बाँकी रहंदा ८ विकेट क्षतिमा भेटायो।

स्कटल्याण्डको लागि रिची बेरिंगटनले सर्वाधिक ७३, जर्ज मुनसेले ४३ तथा मार्क वाटले अविजित ३७ रन योगदान दिए। चौंथो विकेटको लागि बेरिंगटन र मुनसेले ९८ रनको साझदारी गरे।

रोमान्चक बनेको खेलको अन्तिम २ ओभरमा स्कटल्याण्डलाई जित्न १९ रन आवस्यक थियो। ४९ औं ओभरको पहिलो बलमा कलेमुल्लाहले बेरिंगटनको ठूलो विकेट लिए। ओभरमा कलेमुल्लाहले ७ रन खर्चिए। अन्तिम ओभरमा जित्न १२ रन आवस्यक रहंदा मार्क वाटले बिलाल खानलाई पहिलो बलमा चौका प्रहार गरे। अन्तिम २ बलमा जित्न ४ रन आवस्यक रहंदा पाँचौ बलमा वाटले चौका प्रहार गर्दै रोमान्चक जित दिलाए।

ओमान बलर बिलाल खान र कलेमुल्लाहले ३/३ विकेट तथा खवर अलि र आयान खानले १/१ विकेट लिए।


टस जितेर ब्याटिंग गरेको ओमानले ५० ओभरमा ७ विकेट क्षतिमा २२५ रन बनायो। उसको लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ८१ रन, कप्तान मोहम्मद नदीमले ५३ रन योगदान दिए।

स्कटल्याण्ड बलर मिचेल लिस्कले ३ विकेट, एड्रियन निलले २ विकेट तथा सफ्यान सरिफ र मार्क वाटले १/१ विकेट लिए।

सिरिज अन्तर्गत स्कटल्याण्डले पहिलो खेलमा पनि ओमानलाई ४ रनले पराजित गरेको थियो। यस्तै उसले पपुवा न्यु गिनीलाई १२३ रन र ७ विकेटले पराजित गरको थियो।

जित पछि विश्वकप लिग-२ अंकतालिकामा स्कटल्याण्ड २४ अंक सहित दोश्रो स्थानमा यथावत छ। ३८ अंक सहित ओमान शिर्षमा छ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]