राजबिराज वडा स्तरीय क्रिकेटको फाइनलमा वडा नं. ३ र ४ भिडने

१८ बैशाख, राजबिराज ।
राजबिराज नगरपालिका वडा नं. ५ को सहयोग तथा लायन्स क्रिकेट एकेडेमीको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको सेमिफाईनलमा वडा नं. ३ ले वडा नं. ९ लाई ७ बिकेटले तथा वडा नं.४ ले वडा नं. ५ लाई ८ बिकेटले पराजित गर्दै फाईनलको लागि आफनो स्थान पक्का गरेको छ ।

सेमिफिाईनल अन्र्तगत बुधवार सम्पन्न पहिलो खेलमा वडा नं. ९ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेपछि ब्याटिंग गर्न ओर्लेको वडा नं. ९ का ब्याट्सम्यान वडा नं. ३ का बलरहरु सामु निरिह हुदै १ सय रनमा समेटिएको थियो । वडा नं. ९ का तर्फबाट ईकबाल डिएस ४२ तथा सुमित यादव १५ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ वडा नं. ३ का रोहित सिंह ३, रोबिन सिंह र निरज यादवले सामान २ तथा बिकास दास र राज रोयले सामान १ बिकेट लिएका थिए ।

१ सय १ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले उक्त लक्ष्य ९ ओभर ५ बलमा ३ बिकेटको नोक्सानीमा भेटाएका थिए । वडा नं. ३ का लागि प्रशान्त दासले नट आउट रहि ४६, अमित यादव ४४ तथा निरज यादवले नटआउट रहि २३ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ९ का राहुल गुप्ता, बिजय दास र ईक्बाल डिसिले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ३ का रोहित सिंह घोषित भएका थिए ।

बुधवार नै सम्पन्न एक अर्को सेमिफाईनलमा वडा नं. ५ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ४३ रनको योगफल तयार पारेका थिए । वडा नं. ५ का लागि पवन दासले उत्कृष्ट ब्याटिंग गर्दै ३९ बलमा ६ चौक्का र २ छक्काको मद्धतले ५६ तथा बिवेक यादव ३६ र नितेश यादव २७ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ४ का तर्फबाट रेवति रायले २ तथा महवुव आलम र प्रशान्त सिंहले सामान १ बिकेट लिएका थिए ।
१ सय ४४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ४ले रोशन साहको बिष्फोटक ब्याटिंगको मद्धतले सजिलै १६ ओभर ५ बलमा २ बिकेटको नोक्सानीमा भेटाएका थिए । रोशनले ४६ बलमा ७ चौक्का र २ छक्काको मद्धतले नटआउट रहि ६२ रनको योगदान दिएका थिए । त्यसै गरि किर्तिमानी खेलाडि महवुव आलमले १५ बलमा ३ चौक्का र ४ छक्काको मद्धतले ४० रनको योगदान दिएका थिए भने राहुल मण्डल र अनिल यादवले सामान २२ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ५ का तर्फबाट मुन्ना साहले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरे वापत वडा नं. ४ का रोशन साह घोषित भएका थिए ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]